News Portal

रेडियो सुन्नुहोस्

जनताको स्वास्थ्यसम्वन्धि अधिकार सुनिस्चित हुनेगरी काम गर्छौ!

१२६८ पटक

संघ मार्फत चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय अब प्रदेश सरकार मातहत चल्दैछ । नयाँ संरचनामा काम गर्ने स्वास्थ्य कार्यालयको योजना के छ त ? जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिसाल सुबेदीसंग पत्रकार सागर रिजालले गरेको कुराकानी ।

  • संघिय सरकार मातहत र प्रदेश सरकार मातहत हुनुमा के फरक छ ?

संघिय सरकार (नेपाल सरकार ) मातहत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग मार्फत जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानको सेवा प्रवाह चलिरहेको अवस्थामा सोही ढाँचा बमोजिम प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत रहि कामकाज गर्नुपर्ने र सोहि बमोजिम प्रदेश सरकारबाट बजेट कार्यक्रम अख्तियारी प्राप्त हुन्छ र पहिलो अवस्थामा प्रदेश सरकार संग उत्तरदायी हुनुपर्ने त्यसपछि अभिभावक मन्त्रालय,विषयगत मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त छदै छ ।

  • स्वास्थ्य कार्यालय प्युठान र रोल्पा हेर्ने गरि उद्घाटन गरियो ?सेवा प्रवाहमा के फरक छ ?

नेपाल सरकार मन्त्रि परिषदको निर्णय बमोजिम साथै प्रदेश नंम्बर ५ सामाजिक विकास मन्त्रालयमा मन्त्रि स्तरको निर्णय बमोजिम निर्देशन भए अनुसार मंसिर १७ गते विधिवत रुपमा साविक जिल्ला जनस्वास्थ्य कार्यालय रहेको भवनबाट सेवा प्रवाह एंव व्यवस्थापन हुने गरि प्युठान र रोल्पा कार्यक्षेत्र तोकी स्वास्थ्य कार्यालय प्युठानको नामबाट उद्घाटन गरिएको छ । खासगरि गत आ.व देखि नै नेपालको संविधान २०७२ बमोजिम आधारभुत स्वास्थ्य सेवा स्थानियको अधिकार क्षेत्र भित्र पर्ने विषय भएकाले सबै स्थानिय स्वास्थ्य संस्था, स्थानियलाई हस्तान्तरण भईसकेको अवस्था छ । गत आर्थिक वर्ष २०७४÷०७५ जस्तै गरि चालु आ.व. ०७५÷०७६ मा समेत स्थानिय सरकारका अगुवाईमा कार्यक्रम तथा स्वास्थ्य संस्था व्यवस्थापन हुनु गर्छ । त्यसैले सेवा प्रवाहमा स्थानिय सरकारको अपनत्व र प्रदेश र संघको मार्गदर्शन र स्वास्थ्य कार्यालयले कार्यक्रम सञ्चालन प्रक्रिया र विषयगत विज्ञता एंब सहजीकरण तथा सहयोगात्मक कार्यालयको रुपमा रही प्रदेश र केन्द्र सरकारसंग तादम्यता कायम राख्दै पुलको रुपमा अगी वढछ । र नियमित रुपमा हुने सेवा प्रवाह पहिले जस्तै गरी निरन्तर चल्छ । जसमा नजिकबाट स्थानिय सरकारको अनुगमन, सुपरिवेक्षण र अभिभावकको रुपमा रहि थप सेवा बिस्तार र क्षमता विकासमा टेवा पुग्छ ।

  • रोल्पा र प्युठान २ जिल्ला कार्यक्षेत्र तोकीयो ? कार्य सम्पादन कसरी हुन्छ ?

नेपालको संविधान २०७२ को अनुसुचि ८ र ९ मा तोकिएको अधिकारहरुको कार्यगत विश्लेषण तथा जिम्मेबारी वाडफाँड अनुसार स्थानिय तहको लागि तोकिएका स्वास्थ्य सम्बन्धि कार्यहरु स्थानिय तहबाटै सञ्चालन हुने छन् । सोही बमोजिम यस अघि नै स्थानिय हमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाई र अन्य समुदाय स्तरमा सञ्चालित स्वास्थ्य इकाईबाट सम्पादित स्वास्थ्य सेवा कार्यक्रम, साविक बमोजिम नै चल्नेछन । जसको व्यवस्थापन कर्मचारीको तलब भत्ता उंव अन्य प्रशासनिक कामकाज स्थानिय तहबाटै चल्नेछन् । सोही बमोजिम दुबै जिल्लाका १९ वटै स्थानिय तहमा स्वास्थ्य सेवाका कर्मचारीहरु समेत खटिई कामकाज गरिरहेको अवस्था छ । स्वास्थ्य तर्फका शशर्त अन्र्तगतको बजेट तथा कार्यक्रम सबै स्थानिय तहमा गईसकेको छ । जसअन्र्तगत नियमित सेवा प्रवाह व्यवस्थापन, कार्यक्रम सञ्चालन,केहि गोष्ठी तथा कार्यशाला सञ्चालन , स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने अनुदान रकम एंव समुदाय सम्म चल्ने कार्यक्रम व्यवस्थापन र महिला स्वास्थ्य स्वयमसेविकाको जिम्मेबारी समेत स्थानिय सरकारसंग कार्यक्रम नै छुटट्ीएर आएको छ । तथापी केहि नपुग बजेट रकम तथा केहि उल्लेख्य स्वास्थ्य सुधारका गतिविधि र आफ्नै नीति तथा योजना समेत पास गराई निशर्त तर्फ पालिका तहबाट समेत कार्यक्रमस्विकृत गराई कार्यक्रम सञ्चालनमा ल्याईएको छ । तसर्थ स्वास्थ्य कार्यालय प्युठानले दुबै जिल्लाको सेवा प्रवाहको सन्दर्भमा एउटा जिम्मेबार साझेदार संस्थाको रुपमा रही प्राविधिक विज्ञता सहित सबै स्थानिय सरकारसंग उचित समन्वयमा रही अविछिन्न रुपमा जनताको निशुलक अत्यावश्यक सेवा पाउने हक त्यसलाई पुरा गराउन अग्रसर रहने छ । गुणस्तरिय स्वास्थ्य सेवाको उपलब्धताको सन्दर्भमा व्यवस्थापनमा हुने कठिनाई, बाधा अड्चन एंव ढिलाईलाई न्युनीकरण गर्दै तीनै तह( – केन्द्र,प्रदेश र स्थानिय) संग नजिक भई चुस्तदुरुन्त कार्यसम्पादन गराउन सहजीकरण हुनेछ ।

  • छोटकरीमा नयाँ स्वास्थ्य कार्यालयले गर्ने काम र कर्तव्य के के होलान ?

प्रदेश स्वास्थ्य कार्यालयले गर्ने कार्यविधि अनुसार विभिन्न १५ वटा क्षेत्र दिईएको छ । जस अनुरुप मुख्य मुख्य रुपमा भन्नुपर्दा हाँल सञ्चालनमा आईरहेका सम्पूर्ण प्रवद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, निदानात्मक सेवा सहज रुपमा सम्पादनमा ल्याउन सहजीकरण गर्ने, निरन्तर निशुल्क अत्यावश्यक औषधी वितरणमा सहजीकरण, भण्डारण, वितरण,नियमित खोप सेवा सञ्चालन तथा खोपजन्य सामाग्रीको व्यवस्थापन र कोल्ड चेन व्यवस्थापन, जनस्वास्थ्य सम्बन्धि राष्ट्रिय कार्यक्रम , अभियान सञ्चालन, जनस्वास्थ्य समस्याका रुपमा रहेका क्षयरोग, कुष्ठरोग, मलेरिया, एच.आई.भी एड्स जस्ता रोगको व्यवस्थापन एंव औषधी आपुर्ती, परिवार नियोजनका साधन एंव उपकरण व्यवस्थापन, कर्मचारीको क्षमता विकास एंव तालिम सञ्चालन साथै स्वास्थ्य सेवाको पहुच उपयोग वृद्धि गर्न आवश्यक योजना बनाउने र बहु क्षेत्रीय समन्वय र सहजीकरण गर्ने मुख्य मुख्य जिम्मेबारी छ।

  • उपचारात्मक सेवा कसरी अगाडी वढ्छ ?

सम्बन्धित जिल्लामा रहेका जिल्ला अस्पताल सोही स्थानबाटै प्रदेश सरकार मातहत रहि सञ्चालनमा आउने छन् । र भोलीका दिनहरुमा सबै स्थानिय तहमा कम्तीमा १५ सैयाँको अस्पताल खोल्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

  • स्वास्थ्यकर्मी एंव अन्य कर्मचारीको व्यवस्थापन कसरी गर्दै अुनुहुन्छ ?

विस्तारै स्थानिय, जिल्ला र प्रदेश सबै तर्फको कर्मचारीको दरबन्दी तेरिज तयार हुदैछ , हाँल प्रस्तावित दरबन्दी बमोजिम प्युठान र रोल्पा दुबै जिल्लाका लागि जिल्ला कार्यालयमा जम्मा ११ जना प्राविधिक, र प्रशासनिक कर्मचारीको दरबन्दी छ । जुन अत्यन्तै न्युन र असान्र्दभिक छ । र हाँल दुबै जिल्लाका १३ जना स्वास्थ्य तर्फका कर्मचारीहरु फाजिल रहेका छन् । प्रशासन तर्फ समेत हेर्दा यो संख्या धेरै आउछ । फाजिल कर्मचारीको व्यवस्थापन संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दछ ।लामो समयसमम अनुभव प्राप्त प्राविधिक कर्मचारीलाई फाजिल गराई जिम्मेबारी विहिन गराउनु अनुपयुक्त छ र स्वास्थ्य सेवा प्रवाह संगै नीति निमार्णमा समेत कठिनाई आउने सम्भावना छ । हाँल अर्को व्यवस्था नहुन्जेल, थप आदेश प्राप्त नहुन्जेल दुबै जिल्लामा साविक बमोजिम कामकाज गर्न भनिएको छ । र भोलीका दिनमा रोल्पामा एउटा स्वास्थ्य समन्वय ईकाइ, ३ जना कर्मचारी रहने गरि खोलिने छ जसमा मुख्य रुपमा खोप कोल्ड चेन, औषधी एंव अत्यावश्यक सामाग्री, भण्डारण र वितरणमा सहजीकरण हुनेछ ।

  • आगामी दिनमा के–कस्ता योजनाहरु प्राथमिकतामा पार्नुभएको छ ।

हालसम्म प्राप्त भएका स्वास्थ्य क्षेत्रका उपलब्धिहरु संस्थागत गर्दै थप उल्लेख्य कार्यहरु गर्ने योजना स्वास्थ्य कार्यालय प्युठानको रहेको छ । स्थानिय, प्रदेश र संघ तीनै तहको प्राथमिकताका क्षेत्रमा काम गर्ने र व्यवस्थापनमा अग्रसर हसने, तीनै तहले निर्धारण गरेका लक्ष हासिल गर्न चनाखो भएर लाग्ने , दिगो विकासका लक्ष हासिल गर्न तर्फ उन्मसख हुने योजनाहरु निमार्ण गर्ने, स्वास्थ्य क्षेत्रको आवधिक योजना निमार्ण गरि सोही बमोजिम काम गर्ने योजना रहेको छ । साथै संघिय संरचना अनुसार स्वास्थ्य संस्था नभएका वडाहरुमा छिट्टै स्वास्थ्य संस्था स्थापना गरि सेवालाई थप प्रभावकारी बनाउने योजना छ । र निर्वाचित जनप्रतिनिधि ज्युहरुलाई स्वास्थ्य क्षेत्रको विषयमा अभिमुखीकरण दिई साझा बुझाईको विकास गराउने र संविधान त ः प्राप्त स्वास्थ्यका सबै अधिकार पुरा गराउनका लागि पर्ने योजना छ । साथै दुबै जिल्ला एंव स्थानिय तह सबैको आफ्नो स्वास्थ्य प्रोफाईल तयार गरि स्वास्थ्य क्षेत्रको आवधिक योजना निमार्ण गरि सोहि बमोजिम कार्य गर्ने छौँ ।

  • अन्त्यमा प्युठान र रोल्पा हेर्ने गरि नयाँ कार्यालय प्रमुखको जिम्मेबारी समेत प्राप्त गर्नुभएको सन्र्दभमा केहि भन्नु छ ?

विगतका दिनहरुमा जनस्वास्थ्य कार्यालय छदा प्राप्त भएको समन्वय भोलीका दिनमा पनि सबै सरोकारवालाहरुबाट प्राप्त हुनेछन् र स्थानिय सरकारबाट स्वास्थ्य पनि एउटा महत्वपूर्ण विकासको सुचक हो भन्ने बुझाई हुने छ । र स्वास्थ्य क्षेत्रमा रहेको खर्च, खर्च नभई लगानी हो भनी प्राथमिकतामा राखेर उत्कृष्ट नीति, कार्यक्रम र योजना आउनेछन् भन्ने आशा राख्दै अनुरोध समेत गर्न चाहान्छु ।

अन्र्तवार्ता लिएको मितिः २०७५ मंसिर २२ गते

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...