News Portal

रेडियो सुन्नुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

झुलेनी पोष्ट २०८१ वैसाख १४
८०६ पटक
२०८१ वैसाख १४

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले श्रीमती तोयासरा मल्लको स्मृतिमा शुक्रवार ५० हजारको तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरेका हुन ।

आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यालयका ३ जना विद्यार्थीलाई वार्षिक २ हजार र शैक्षिक सत्रको अन्तिम नतिजामा कक्षा ५ र विद्यालय प्रथम हुने विद्यार्थीलाई १ हजार ५ सय  प्रोत्साहन स्वरुप प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेको परिवारले जनाएको छ ।

सरकारले आधारभूतसम्मको शिक्षा अनिवार्य र निःशुल्क भने पनि दुर्गम गाउँका विद्यार्थीलाई कापी, कलम जुटाउन समेत सकस परेको छ ।आर्थिक अभावका कारण विद्यालय पोशाक र कापी, कलमको खर्च जुटाउन नसक्ने स्थिति भएपछि बर्षेनी कैयौं विद्यार्थीहरुले विद्यालय छोड्ने गरेका छन ।

यस्तो अवस्थामा उक्त अक्षयकोषले आर्थिक रुपले विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन ठूलो सहयोग हुने विद्यालयका प्रधानाध्यापक प्रचण्ड रावतले बताए ।
मल्लले २०५४ सालमा स्थापना भएको विद्यालयको संस्थापक शिक्षक अभिभावक संघको अध्यक्ष पदमा रहेर विद्यालयको शैक्षिक, भौतिक, सामाजिक तथा आर्थिक रुपमा अतुलनीय योगदान पुर्याएकाे रावतले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...