News Portal

रेडियो सुन्नुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

झुलेनी पोष्ट २०८१ वैसाख १४
८१७ पटक
२०८१ वैसाख १४

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले श्रीमती तोयासरा मल्लको स्मृतिमा शुक्रवार ५० हजारको तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरेका हुन ।

आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यालयका ३ जना विद्यार्थीलाई वार्षिक २ हजार र शैक्षिक सत्रको अन्तिम नतिजामा कक्षा ५ र विद्यालय प्रथम हुने विद्यार्थीलाई १ हजार ५ सय  प्रोत्साहन स्वरुप प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेको परिवारले जनाएको छ ।

सरकारले आधारभूतसम्मको शिक्षा अनिवार्य र निःशुल्क भने पनि दुर्गम गाउँका विद्यार्थीलाई कापी, कलम जुटाउन समेत सकस परेको छ ।आर्थिक अभावका कारण विद्यालय पोशाक र कापी, कलमको खर्च जुटाउन नसक्ने स्थिति भएपछि बर्षेनी कैयौं विद्यार्थीहरुले विद्यालय छोड्ने गरेका छन ।

यस्तो अवस्थामा उक्त अक्षयकोषले आर्थिक रुपले विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन ठूलो सहयोग हुने विद्यालयका प्रधानाध्यापक प्रचण्ड रावतले बताए ।
मल्लले २०५४ सालमा स्थापना भएको विद्यालयको संस्थापक शिक्षक अभिभावक संघको अध्यक्ष पदमा रहेर विद्यालयको शैक्षिक, भौतिक, सामाजिक तथा आर्थिक रुपमा अतुलनीय योगदान पुर्याएकाे रावतले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...