News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

बिबश जि.एम२०८१ असार ३
३५२ पटक
२०८१ असार ३

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागितामा आर्थिक बर्ष २०८१÷०८२ को बजेट वाडफाड अन्तरगत प्रारम्भिक चरणमा सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य र समावेशीकरण तर्फका विभिन्न शिर्षकहरुमा छलफल भएको हो । छलफलका क्रममा विषयगत समितका प्रमुखहरुले पहिलेको भन्दा यस आर्थिक बर्षमा विनियोजन हुने बजेटलाई व्यवस्थित तरिकाले सम्पन्न हुने गरी बजेटको आकार बनाउन आग्रह गरेका छन् । त्यस्तै जनतासँग सम्बन्धित कार्यक्रमलाई अघि सार्न समेत सुझाब दिएका छन् ।

आर्थिक बर्ष २०८१/०८२ को लागि शिक्षातर्फ २ करोड ७६ लाख, स्वास्थ्यमा १ करोड ७३ लाख, लघुउद्यम तर्फ ४० लाखको बजेट विनियोजन गर्न शाखाले माग गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । सहभागिहरुको सुझाब अनुसार शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बाँडफाड गर्ने नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको भनाई छ ।

सामाजिक विकास समितिका अध्यक्ष घन बहादुर बुढा मगरको अध्यक्षतामा भएको बैठकमा उपाध्य बिष्णा थापा, वडाका वडाध्यक्षहरु, सामाजिक विकास समितिका सदस्य लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...