News Portal

रेडियो सुन्नुहोस्

ऐनामा हेरेर आफ्नो शरीर स्वस्थ भएको थाहाँ हुँदैनः मुख्यमन्त्री महरा

बिबश जि.एम२०८१ असार १३
६३६ पटक
२०८१ असार १३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले स्वास्थ्य राम्रो वा नराम्रो ऐना हेरेर थाहाँ पाउन नसकिने बताएका छन् । विहीवार प्यूठान पूर्णखोप दिगोपना सुनिश्चतता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् । रोग लागेर अस्पताल भर्ना हुनुभन्दा रोग लाग्न नदिनु नै उत्तम भएकाले यसमा सजक हुन आवश्यक रहेको उल्लेख गरे ।
त्यसको लागि खानपान तथा सरसफाईमा ध्यान दिन जरुरी रहेको बताए । महराले विगतका कुरालाई सम्झिदै पहिलेको भन्दा अहिलेको समयमा आफ्नै जिल्लामा सेवा लिन पाउनु नै भाग्यमानी भएको बताउँदै ढुक्क भएर अस्पतालमा गई भरपुर स्वास्थ्य सेवा लिन आग्रह गरेका छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले निरोगी कसरी बन्ने भन्ने बारेमा समुदाय स्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुेपर्ने बताए । त्यस्तै मुख्यमन्त्री महराले जिल्ला अस्पताल प्यूठानको ५० शैयाको भवनको समेत शिलन्याश गरेका छन् । शिलन्याश गर्दै मन्त्री महराले समयमा नै काम सम्पन्न गरी सेवा सुचारु गर्न आग्रह गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले पूर्णखोप दिगोपना घोषणामा राजकीय र नागरीक गरी दुई तहको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । राष्ट्रसेवक र जनप्रतिनिधिले जनताको सेवाका लागि कुनै बहाना बनाएर दुख दिने काम गर्न नहुने स्वास्थ्य मन्त्री पुनको तर्क थियो । प्यूठान अस्पतालको निरीक्षणका क्रममा जेष्ठ नागरीकको घरमा स्वास्थ्य कार्यालय बसेको भन्दै त्यसको लागि जेष्ठ नागरीकले छुट्टै भवनको समेत माग गरेका जानकारी दिए । सोही अनुरुप स्वास्थ्य कार्यालयलाई भाडाको व्यवस्था र भवनको लागि बजेट विनियोजन गरेको बताए ।

लुम्बिनी प्रदेशमा पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्ने पहिलो जिल्ला रोल्पा रहेकोमा प्यूठान दोस्रोमा रहेको छ । प्यूठानलाई विहीबार पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांक अनुसार जिल्लामा तीन हजार सात सय ३१ जना बालबालिकाले पूर्णरुपमा खोप लगाएका छन् । त्यस्तै २४ देखि ५९ महिनाका ११ जना बालबालिकाले खोप नलगाएका र ६७ जनाले आशिंक रुपमा खोप लगाएको पाईएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक धरम बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ण खोपको प्रतिवेदन स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्मा, निमा गिरी, उपप्रमुख दुर्गा रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...