News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा पहिलोपटक रेडियोलोजिस्ट

झुलेनी नेटवर्क२०८१ असार १८
१०५८ पटक
२०८१ असार १८

जिल्ला अस्पताल बिजुवार प्यूठानमा पहिलोपटक रेडियोलोजिस्टद्धारा एक्सरे सेवाको सुरुवात भएको छ । झिमरुक गाउँपालिका २ बादिकोटमा जन्मिएका डाक्टर छवि खड्कालाई जिल्ला अस्पताल प्यूठानले मंगलबार एक कार्यक्रमका विच स्वागत गरेको छ ।

यस अघि अस्पतालले बेशिक रुपमा भिडियो एक्सरे गर्दै आएकोमा रेडियोलोजिस्ट डा.खड्काको आगमनसँगै अब जिल्लामा भिडियो एक्सरे सेवामा विशेषज्ञ सहितको सेवा सुचारु हुने अस्पतालका प्रमुख डा.राजेन्द्र पौडेलले जानकारी दिए । अवदेखि एक्सरेतर्फ पनि सेवाग्राहीले सहज रुपमा विशेषज्ञ सहितको सेवा पाउने अस्पतालका प्रमुख पौडेलको भनाई छ ।

जिल्ला अस्पतालबाट यस अघि मेडिकल अफिसर र एम.डी.जि.पी डाक्टरहरुले सेवा दिँदै आएका थिए । भर्खरै जिल्लामा आएका डा. खड्काले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट रेडियोलोजिष्ट विषयमा एम.डी उत्तिर्ण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...