News Portal

रेडियो सुन्नुहोस्

पर्यटकीय क्षेत्र सरुमरानी लेकमा झन्डै आठ सय विरुवा रोपियो

बिबश जि.एम२०८१ असार १९
६०४ पटक
२०८१ असार १९

पर्यटकीय क्षेत्र सरुमरानी लेकमा झन्डै आठ सय विरुवा रोपिएको छ । सरुमारानी गाउँपालिका ६ मा पर्ने गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको नांगी लेकमा बुधबार पाँच सय टिमुरको बेर्ना, लालीगुँरास एक सय ५०, स्थानीय प्रजातीका रुख र फूलका बेर्नाहरु रोपिएको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सामै मगरले जानकारी दिए । पर्यटकीय क्षेत्र सरुमारानी लेकका लागि गाउँपालिकाले विभिन्न ३ आर्थिक बर्षमा बजेट विनियोजन गरी पूर्वाधार विकासका कामहरु गरेको प्रवक्ता तथा ४ नं वडाध्यक्ष सामै मगरको भनाई छ ।

पर्यटन प्रवद्धन गर्ने उदेश्य सहित लेकलाई हरियाली बनाई हराभरा बनाउनको लागि विरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । पूर्वाधार विकासमा लेकसम्म पुग्नको लागि तीन सयम मिटर लामो सिढी, वडा कार्यालयबाट सिढी सम्म पुग्न करिब डेढ किलोमिटर कच्ची बाटो पुर्‍याएको तथा खानेपानी र विद्युत लाईन लैजान बाँकी रहेको छ । तीन आर्थिक बर्ष गरी २२ लाख रुपैयाँ गाउँपालिकाले खर्च गरिसकेको गाउँपालिका प्रवक्ता सोमै मगरले बताए ।

त्यस लेकमा बैशाख पूर्णिमाको समय मेला लाग्ने, नयाँ बर्षमा घुम्न जाने र होली खेल्नका लागि विभिन्न ठाउँबाट जानेको संख्या बढ्ने गर्दछ । पर्यटकलाई आकर्षण गर्नको लागि पालिकाले अहिले विरुवा तथा फूलहरु रोपेको हो । पर्यटन प्रवद्धनबाट पर्यटकहरुलाई भित्र्याउन सके त्यस ठाउँका स्थानीयलाई समेत फाईदा पुग्नुका साथै आर्थिक आयआर्जन गर्ने गाउँपालिकाले विश्वास लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...