News Portal

रेडियो सुन्नुहोस्

पर्यटकीय क्षेत्र सरुमरानी लेकमा झन्डै आठ सय विरुवा रोपियो

बिबश जि.एम२०८१ असार १९
६११ पटक
२०८१ असार १९

पर्यटकीय क्षेत्र सरुमरानी लेकमा झन्डै आठ सय विरुवा रोपिएको छ । सरुमारानी गाउँपालिका ६ मा पर्ने गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको नांगी लेकमा बुधबार पाँच सय टिमुरको बेर्ना, लालीगुँरास एक सय ५०, स्थानीय प्रजातीका रुख र फूलका बेर्नाहरु रोपिएको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सामै मगरले जानकारी दिए । पर्यटकीय क्षेत्र सरुमारानी लेकका लागि गाउँपालिकाले विभिन्न ३ आर्थिक बर्षमा बजेट विनियोजन गरी पूर्वाधार विकासका कामहरु गरेको प्रवक्ता तथा ४ नं वडाध्यक्ष सामै मगरको भनाई छ ।

पर्यटन प्रवद्धन गर्ने उदेश्य सहित लेकलाई हरियाली बनाई हराभरा बनाउनको लागि विरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । पूर्वाधार विकासमा लेकसम्म पुग्नको लागि तीन सयम मिटर लामो सिढी, वडा कार्यालयबाट सिढी सम्म पुग्न करिब डेढ किलोमिटर कच्ची बाटो पुर्‍याएको तथा खानेपानी र विद्युत लाईन लैजान बाँकी रहेको छ । तीन आर्थिक बर्ष गरी २२ लाख रुपैयाँ गाउँपालिकाले खर्च गरिसकेको गाउँपालिका प्रवक्ता सोमै मगरले बताए ।

त्यस लेकमा बैशाख पूर्णिमाको समय मेला लाग्ने, नयाँ बर्षमा घुम्न जाने र होली खेल्नका लागि विभिन्न ठाउँबाट जानेको संख्या बढ्ने गर्दछ । पर्यटकलाई आकर्षण गर्नको लागि पालिकाले अहिले विरुवा तथा फूलहरु रोपेको हो । पर्यटन प्रवद्धनबाट पर्यटकहरुलाई भित्र्याउन सके त्यस ठाउँका स्थानीयलाई समेत फाईदा पुग्नुका साथै आर्थिक आयआर्जन गर्ने गाउँपालिकाले विश्वास लिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...