News Portal

रेडियो सुन्नुहोस्

रोकिएन सानै उमेरमा हुने ‘विवाह’

‘सानो उमेरमा विवाह गर्नु हुदैन भनेर धेरै भनेपनि रोक्न सकिएको छैन ।’

सागर रिजालप्यूठान
१२२५ पटक
प्यूठान

गिरीराज कार्की, अहिले ३७ वर्षका भए । गौमुखी गाउँपालीका वडा नं. ३ वस्ने उनलाई आफ्नो विवाह गरेको भर्खर जस्तै लाग्छ । २२ वर्षको उमेरमा विवाह गर्दा उनकी श्रीमती सीता कुमारी खड्का १६ वर्षकी थिइन् ।

दम्पत्तिले तामझामका साथ मागि विवाह गरेका हुन् । यद्यपी प्रेम सम्वन्धलाई उनीहरुले मागि विवाहमा परिणत गरेका हुन् । विवाह गरेको बर्ष दिनमै उनले सन्तान जन्माए । १७ वर्षको उमेरमा आमा बनेकी सीतामा अहिले स्वास्थ्य समस्या देखा पर्न थालेको छ । तल्लोपेट दुख्ने, कमजोरी महसुस हुने, महिनावारी अनियमित हुने र महिनावारीको समयमा समस्या जस्ता समस्या देखिएका हुन् । उमेरमा पढ्न नपाएका कारण जीवनका आधारभुत लेखपढ समेत आउदैन सितालाई ।

१८ वर्षकि पुना पुनमगर र १७ वर्षका ओम वहादुर पुन वीच विवाह भयो । १२ वर्षको संयुक्त जीवनमा सन्तान नजन्मिएपछी ओमले आशादेवीसंग २९ वर्षको उमेरमा दोश्रो विवाह गरे । पुनः सन्तान्तको आसा पुरा नभएपछि ओमले चौथो पटकसम्म विवाह गरे । तर, बच्चा नहुनुको कारण कहिल्यौं खोजेनन् ।

बैवाहिक जीवन नटिक्नुमा बालावस्थामै भएको विवाहलाई उनी कारण मान्दछन् । सानै उमेरमा विवाह गर्ने र पढ्न छोडेर रोजगारका लागि भारत जाने कारणले गाँऊमा कसैले ७–८ कक्षा भन्दा बढि पढेनन् । पहिलेको श्रीमतीको स्वास्थ्यमा आएको समस्याकै कारण अर्को विवाह गर्नुपर्यो ।

गौमुखि गाउँपालीका –३ (साविकको रजवारा गा.वि.स.)का यि दुई सामान्य प्रतिनिधी घटनाहरु हुन् । सानै उमेरमा विवाह गर्ने त्यहाँको प्रचलन हो । ‘लाहुरे’ पेशालाई अत्यन्तै सम्मानित मानिने यस क्षेत्रमा अहिलेपनि वालविवाह रोकिएको छैन । स्थानीयका अनुसार मंसिर ०७५ मा मात्र १० जोडिले कम उमेरमै विवाह गरेका छन् । वालविवाह विरुद्धका अभियान चले पनि ग्रामीण क्षेत्रमा यसको प्रभाव देखिएको छैन् । जनजाती समुदायमा मामाको छोरी र फुपुको छोराविच विवाह गर्ने प्रचलन छ । कतिपयले वच्चा जन्मने वित्तिकै जोडि बनाइदिने गर्छन् । स्थानीय गोवद्र्धन थापाले भने, ‘हाम्रो रजवारामा डाल थाप्ने चलन थ्यो । छोरी जन्मेमा दिदीलाई वोलाएर डाल थापिन्थ्यो । यसरी जोडिएको विवाह पछी टुटन पनि सक्थ्यो ।’ (सन्तान सानो छदै वा–आमाले छिन्ने विहेलाई यहाँ डाल थाप्ने भनिन्छ)

थापाले थपे, ‘वा–आमाले विहे छिने सानैमा विहे गर्थे । त्यसो नभए छिप्पेर पनि विहे गर्थे । यहांका वाहुन, ठकुरी सबैको चलन भने नछुने नहुदै (महिनावारी नहुदै) छोरीको विहे गर्देमा धर्म हुन्छ भन्ने चलन थ्यो । छोईछिटोको कारण र डाल थापेको कारण सानैमा विहे नभएमा ठुलो भएर विहे गर्थे । तर, आफै विहे गर्ने चांहि खासै हुदैनथे ।’

‘समय फेरिएको छ आफुआफुमा फोन गर्छन । मायाप्रेम गर्छन र आफै विहे गर्छन ।’ ,रजवाराका ७६ वर्षिय हेम वहादुर सेन भन्छन्, ‘भेट नभएका हरु पनि मोवाईलमा कुरा गर्छन । घर नआएर वाटोवाटै पोईल जान्छन÷लान्छन् ।’
बालविवाह विरुद्धका अभियानहरुले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसकेको स्थानीय पत्रकार जोगिन्द्र मल्ल बताउँछन् । गोठ वस्ने परम्परा, गरिवी र सामाजिक चेतनाको अभावमा सानै उमेरमा विवाह हुने गरेको छ । उमेर पुग्दा सन्तान जन्मिसकेका हुन्छन् ।
गौमुखी गाँऊपालिका वडा नं. ३ रजवाराका वडा अध्यक्ष जंग वहादुर पुन सानो उमेरमा विवाह गर्नु हुदैन भनेर धेरै भनेपनि रोक्न नसकिएको उल्लेख गरे । चुनौतीका रुपमा टेलिफोन र सामाजिक सञ्जाल देखिएको उनको अनुभव छ । ‘चिन्दै नचिनेका केटाकेटीले पनि फोन र फेसवुकमा प्रेम गरेर विवाह गर्ने गरेका छन् ।’ ,उनले भने, ‘अभिभावकले पत्तै पाउँदैनन् ।’ किसोर किसोरीले टेलिफोन मात्र होईन सामाजिक सञ्जालको समेत प्रयोग गर्ने गर्दछन् ।

अरु पनि छन् कारण
फोनको कारण मात्र होईन रजवारामा गोठ वस्ने चलनले पनि वालविवाह हुने गरेको स्थानीय वताउछन् । अभिभावकको नजरले नभेट्ने ठाँउमा गोठ हुन्छन ्। गाईवस्तु सहित गोठ वस्ने चलन छ । जंगलमा गोठालो जाने गर्दछन् । त्यहिं भएको सम्वन्ध छोटो समयमै विवाहमा परिणत हुने गर्दछ ।
दोश्रो गरिविका कारण पनि रजवारामा वालविवाह हुने गरेको छ । १६ वर्षकी एक किशोरी भनिछन्, ‘बाटोमा भेट भएकै कारण गाँऊभर हल्ला चलेछ, विहे गर्न बाध्य बनाए ।’
जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा यसवर्ष आ.व. २०७५/०७६ मा जिल्लाभरमा ५ वटा वालविवाह भएका छन् । जसमध्ये २ वटा अन्तरजातिय विवाह छन् । आ.व. २०७४/०७५ मा १२ वटा मुद्धा प्रहरीमा पुगेको थियो । भने २०७३/०७४ मा दुईओटा घटनामात्रै जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।
वालविवाह कानुनतह अपराध हो । वालविवाह गर्नेलाई कानुनमा ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था भएको अधिवक्ता मेघराज भट्टले बताए । जिल्लामा वालविवाह गर्नेलाई प्रहरीले मुद्धा नचलाएको पनि होईन । तर, दुर्गम क्षेत्रमा वालविवाह रोकिएको छैन । यसका पछाडिका कारणहरु जनचेतना, सामाजिक वातावरण, आर्थिक अवस्थासंगै किसोर किसोरीलाई अविभावकले सचेततापुर्वक रेखदेख र परिचालन गर्न नसक्नु पनि हो । प्रहरी प्रशासन र अभियन्ताहरुको ध्यान पनि दुरदराजमा पुग्न सकेको छैन ।
जिल्ला वालसञ्जालले जिल्लामा वालविवाह न्युनिकरणका लागि अभियान चलाउने मात्र होईन विवाह रोक्नेसम्मको काम गरेको छ । तर त्यो काम दुरदराजमा पुगेको छैन । जिल्ला वाल सञ्जालका अध्यक्ष प्रेमवहादुर विश्वकर्माले भने, ‘जिल्लामा थुप्रै वालविवाह रोक्यौं तर, दुर्गममा प्रभावकारी अभियान चलाउन सकेका छैनौं ।’ दुर्गममा वाल क्लव पनि सक्रिय छैनन् ।
सानै उमेरमा विवाह गर्नाले महिला र उनवाट जन्मने वच्चाको स्वास्थ्य, परिवार र सामाजिक पहुंचमा प्रतिकुल असर पर्ने जानकारहरु वताउछन् । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार जिल्लामा वाल विवाहको कारण आमा र वच्चाको स्वास्थ्यमा समस्या आएका घटना दुर्गम क्षेत्रमा धेरै छन् । वालविवाह न्युनिकरणका लागि सरकार र सरोकारवाला निकायले लाखौं रुपैया खर्च गरेपनि त्यो लगानि दुर्गम वस्तीमा नपुग्दा वालुवामा पानि भएजस्तै भएको छ । यसकारण दुर्गम क्षेत्रमा वालविवाह न्युनिकरणका लागि स्थानिय सरकारमा निर्वाचित जनप्रतिनिधीहरुको नेतृत्वमा अभियान चलाउनुका साथै वालविवाहका प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरु पहिचान गरि त्यसको समाधानमा ध्यान दिनु जरुरी छ ।

– सौजन्य :बाल सरोकार फिचर सेवा, FNJ प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो

प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस...

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई...

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

  साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार...

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ।...

नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र...