News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्यकर्मीहरु जीवालाई स्ट्रेचरमा बोकेर घर पुगे

झुलेनी नेटवर्क २०८१ असार २४
११८३ पटक
२०८१ असार २४

प्यूठानको मल्लरानी गाउँपालिका ३ धरमपानी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सुत्केरीलाई स्ट्रेचरमा बोकेर घर पुर्‍याएका छन् । लगातार परेको तीन दिनको अविरल बर्षाले बाटो अवरुद्ध गरेपछि गाडी नचल्दा स्वास्थ्यकर्मीहरु मिलेर आइतबार सुत्केरीलाई स्ट्रेचरमा बोकी घर पुर्‍याएका हुन् ।

ऐरावती गाउँपालिका ६ काल्नेकी ३० बर्षिया जीवा वि.क असार २२ गते सुत्केरी हुन धरमपानी स्वास्थ्यचौकीमा आएको धरमपानी स्वास्थ्यचौकीका कार्यालय प्रमुख टुकाराम पोख्रेलले जानकारी दिए । उनका अनुसार जीवाले २२ गते राती नै छोरी जन्माइन् । उनलाई सुत्केरी गराउन आमाले अस्पताल लिएको कार्यालय प्रमुख पोख्रेलको भनाई छ ।

उनको यस अघिको ३ बर्षका एक छोरा छन् । श्रीमान रोजगारको शिलशीलामा भारतमा काम गर्दै आएका छन् ।
जीवाको घर देखी स्वास्थ्य चौकी जान करिब साढे २ किलोमिटर छ । तर उनको घरसम्म मोटरबाटो नपुगेका कारण पनि जान अप्ठ्यारो परेको प्रमुख पोख्रेले बताए । सुत्केरी जिवाले भनिन् “म गाडीमा चढ्दिन चढ्ने पैसाले बरु एक क्यारेट अण्डा किनेर खान्छु भन्दा यस्तो शब्दले मेरो मन छोयो पोख्रेलले भने, त्यसपछि हामीले सबै स्वास्थ्यकर्मी नै मिलेर उनलाई घरसम्म लगेका हौं ।”

मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले राष्ट्रसेवक कर्मचारीले विपदको समयमा गरेको यो काम सराहनिय भएको बताएका छन् । अध्यक्ष पौडेलले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद सहित यस्ता सामाजिक काममा जोकोही पनि जुट्न आवश्यक रहेको उल्लेख गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...