News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्यकर्मीहरु जीवालाई स्ट्रेचरमा बोकेर घर पुगे

झुलेनी नेटवर्क २०८१ असार २४
१३२६ पटक
२०८१ असार २४

प्यूठानको मल्लरानी गाउँपालिका ३ धरमपानी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सुत्केरीलाई स्ट्रेचरमा बोकेर घर पुर्‍याएका छन् । लगातार परेको तीन दिनको अविरल बर्षाले बाटो अवरुद्ध गरेपछि गाडी नचल्दा स्वास्थ्यकर्मीहरु मिलेर आइतबार सुत्केरीलाई स्ट्रेचरमा बोकी घर पुर्‍याएका हुन् ।

ऐरावती गाउँपालिका ६ काल्नेकी ३० बर्षिया जीवा वि.क असार २२ गते सुत्केरी हुन धरमपानी स्वास्थ्यचौकीमा आएको धरमपानी स्वास्थ्यचौकीका कार्यालय प्रमुख टुकाराम पोख्रेलले जानकारी दिए । उनका अनुसार जीवाले २२ गते राती नै छोरी जन्माइन् । उनलाई सुत्केरी गराउन आमाले अस्पताल लिएको कार्यालय प्रमुख पोख्रेलको भनाई छ ।

उनको यस अघिको ३ बर्षका एक छोरा छन् । श्रीमान रोजगारको शिलशीलामा भारतमा काम गर्दै आएका छन् ।
जीवाको घर देखी स्वास्थ्य चौकी जान करिब साढे २ किलोमिटर छ । तर उनको घरसम्म मोटरबाटो नपुगेका कारण पनि जान अप्ठ्यारो परेको प्रमुख पोख्रेले बताए । सुत्केरी जिवाले भनिन् “म गाडीमा चढ्दिन चढ्ने पैसाले बरु एक क्यारेट अण्डा किनेर खान्छु भन्दा यस्तो शब्दले मेरो मन छोयो पोख्रेलले भने, त्यसपछि हामीले सबै स्वास्थ्यकर्मी नै मिलेर उनलाई घरसम्म लगेका हौं ।”

मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले राष्ट्रसेवक कर्मचारीले विपदको समयमा गरेको यो काम सराहनिय भएको बताएका छन् । अध्यक्ष पौडेलले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद सहित यस्ता सामाजिक काममा जोकोही पनि जुट्न आवश्यक रहेको उल्लेख गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...