News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनीमा महराको राजीनामा कुर्दै एमाले–कांग्रेस

झुलेनी नेटवर्क२०८१ श्रावण ३
६४४ पटक
२०८१ श्रावण ३

केन्द्रमा सत्ता समिकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच छलफल सुरु भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि मात्रै नयाँ सरकार बनाउन कांग्रेस–एमाले संसदीय दलको बैठक बस्ने तयारीमा रहेका छन् ।

लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा पर्ने भनिएपनि औपचारिक रुपमा केन्द्रले प्रदेश बाँडफाँड नगर्दा दुवै दल अलमलमा छन् । दुबै दल केन्द्रको निर्देशनको पखाइमा छन् । सरकारको नेतृत्व एमालेको भागमा पर्ने भनिएपछि दल नेता एवं पूर्वमुख्यमन्त्री लिला गिरी र उपनेता चेतनारायण आचार्य पाटीभित्र आ–आफ्नो लबिङमा छन् । एमाले दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री महरालाई भेटेरै अल्पमतमा परेपछि तत्कालै राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गरिसकेका छन् ।

एमालेको भागमा मुख्यमन्त्री परेको भनिएपनि औपचारिक रुपमा केन्द्रबाट निर्देशन अझै आइनसकेको चौधरीले बताए । एमाले स्रोतका अनुसार पहिलो चरणमा गिरी मुख्यमन्त्री हुने र दोस्रो पटक दल उपनेता आचार्य मुख्यमन्त्री हुने भद्र सहमति अनुसार अब आचार्य नै मुख्यमन्त्री हुनुपर्ने तर्क रहेको छ । गिरी पूर्वमुख्यमन्त्री हुन् । लुम्बिनीमा आचार्यको मुख्यमन्त्रीको सम्भावना रहेको उनी पक्षीय नेताको दावी छ । गिरीले लामो समय काम गर्न नपाएकाले र दल नेता नै मुख्यमन्त्री बन्नुपर्ने दावी उनी पक्षीय नेता रहेको छ ।

केन्द्रमा प्रदेश बाँडफाँड नटुंगिएकाले लुम्बिनीको मुख्यमन्त्री आफ्नो पक्षमा ल्याउन कांग्रेस दल नेता एवं निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि केन्द्रीय नेताको लबिङमा छन् । कांग्रेस अधिकांश प्रदेश सांसद नेतृत्व सहित मन्त्रीको लबिङमा काठमाडौ छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा, नेकपा एस र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रमा कांग्रेस–एमालेबीच सत्ता समीकरण भएपछि एमालेका तर्फबाट मन्त्री भएका पाँच जनाले राजीनामा दिएर असार २० गते समर्थन फिर्ता लिएपछि महरा अल्पमतमा परेका छन् । माओवादी प्रमुख सचेतक इन्द्रजित थारुले संविधानले दिएको नियम अनुसार मुख्यमन्त्रीले राजीनामा दिने वा विश्वासको मत लिनेबारे निर्णय हुने बताए ।

कांग्रेस दल प्रमुख सचेतक जन्यजय तिमिल्सिनाले नयाँ सरकार बनाउनेबारे अनौपचारिक छलफल चलिरहेपनि केन्द्रबाट कुन दलको को मुख्यमन्त्री बन्ने भन्ने स्पष्ट निर्देशन नआएसम्म औपचारिक रुपमा अगाडी नबढेको बताए । ८७ सदस्यीय सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद भए पुग्छ । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना पुग्छन् । दुई दलको नयाँ सरकार बनाउन संख्या पुग्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...