News Portal

रेडियो सुन्नुहोस्

विद्यालयमै रम्छन् नानीबाबु !

‘पहिले कक्षामा आउने वित्तिकै घर फर्किन खोज्ने वालवालिकाहरु ती सामाग्री ल्याएपछि विद्यालयमै वस्न मन पराउने गरेका छन् ।’

सुजाता थापा क्षेत्री/प्यूठान
१५०७ पटक

हरियो कार्पेट त्यसमाथि साईकल, चिप्लेटी र अन्य खेलौनाका सामान ! विद्यार्थीले सिक्न र रमाउन विद्यालयको कक्षाकोठामै विभिन्न आकृतिहरु छन् । विद्यार्थीहरु रमाउदै सिक्दै गर्छन । वालवालिकाहरु विद्यालयमा सिक्दासिक्दै घर नै विर्सन्छन् । कक्षाकोठामा सहजकर्ताले उनीहरु खेल्दै सिक्दै गर्न सहजिकरण गर्छिन ।

माण्डवि मा. वि. नयाँगाउँमा वालवालिकाहरु विद्यालयमै वस्न रुचाउछन् । वालवालिकाहरुलाई विद्यालयमा आकर्षित गर्न उनीहरु खेल्नका लागि कक्षाकोठामै चिप्लेटी र साईकल राखिएको छ । विद्यालय जाने वानी वसाउनका लागि वालवालिकाहरुका लागि कक्षा कोठाभित्रै चिप्लेटी, साईकल र टेलिभिजन राखिएको हो । माण्डवी गाँउपालिका वर्डा नं ५ नयाँगाउमा अवस्थित विद्यालयमा पाँच वर्षसम्मका बालबालिका पालैपालो कक्षा कोठामै साईकल चलाउने, टिभि हेर्ने र पालैपालो चिप्लेटीमा रमाउने गर्दछन् । सामान ल्याएपछि वालवालिका कक्षाकोठामै रमाउने गरेको विद्यालयकी शिक्षिका भगवता कार्कीले वताउनुभयो । “आपसमा पालैपालो खेल्दै, सघाउदै गर्छन, दिनभरजसो रमेर कक्षाकोठामा समय विताउने गरेको उहाँले बताउनुभयो ।

टेलिभिजन हेर्दै पढ्दै वालवालीका

टेलिभिजनमा पनि सहजकर्ताले वालवालिकाको लागि सिकाईका सामाग्रि देखाउनुहुन्छ । त्यहाँ पुग्ने जो कोहिले, कक्षाकोठामा टेलिभिजनमा वज्ने सिकाई सामाग्री गाउँदै खेल्दै गरेका वालवालिका देख्न सक्दछन् ।

वालवालिकाका लागि सामाग्रि ल्याएपछी विद्यालयमा वालवालिकाहरु नियमित आउने गरेका छन् । पहिले वालवालिका विद्यालय आउन मान्दैनथे । विद्यालयमा अभिभावकले ल्याएर छोडेका वालवालिका समेत फर्किन खोज्थे । तर, अहिले विद्यालयमै रमाउछन । साथिहरुसंग खेल्न थालेपछी घर जानसमेत मान्दैनन् । विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलले भन्नुभयो, ‘हाम्रा अगाडि दुईओटा वोर्डिङ्ग स्कुलसंग प्रतिस्पर्धा गर्नुपर्ने चुनौति पनि थियो ।’ विद्यालयवाट विद्यार्थी ड्रपआउट (विद्यालय छोडेर जाने) समस्या थियो । तर अहिले विद्यार्थिहरु घर वस्नै रुचि नगर्ने प्रधानाध्यापक पौडेलले बताउनुभयो । यो अभियान सफल वनाउन अभिभावकको पनि राम्रो साथ दिएका छन् । सवैको प्रयासमा कक्षाकोठालाई साना नानिवावुको खुसिको केन्द्र वनाउन सफल भएको प्रधानाध्यापकको अनुभव छ ।

विद्यालयमा विद्यार्थी आउन मन नगरेपछी विद्यालय व्यवस्थापन समितीले निर्णय गरेर चिप्लेटी र साईकलहरु खरिद गरेको हो । २ ओटा चिप्लेटी कालिका विकास केन्द्र नेपालले उपलव्ध गराएको छ भने चारओटा साईकल र टेलिभिजन विद्यालयले खरिद गरेको छ । कक्षामा १८ जना नानि र १८ जना वावुहरु रहेका छन् । वालमैत्रि वातावरण निर्माण गरेमा मात्र विद्यालयमा विद्यार्थी आकर्षित गर्न सकिन्छ भन्ने मनसायले सामाग्रि खरिद गरिएको हो।

‘सुरुसुरुमा घर आउन खोजेपनि साथीहरुसंग खेल्दै पढ्ने बानि परेपछी विद्यालय जाँदा साहै्र रमाउछ ।’ साढे तीन वर्षका विद्यार्थी सचिन योगीकि आमा शिला भण्डारीले भन्नुभयो, ‘स्कुलमा आएका सामाग्रीले वावुलाई वुझ्न सजिलो वनाएको छ ।’

अभिभावक पनि निकै सन्तुष्ट छन् । विद्यालय पठाएपछी केटाकेटी के गर्लान भनेर चिन्ता मान्नुपर्ने अवस्था नभएको अभिभावकहरु बताउँछन् । ‘कक्षाकोठामा पसे पछि वालवालिकाहरु वाहिर निस्किन्नन् ।’ चार वर्षिकि आशिका भट्राईका हजुरवुवा लक्षुमन भट्राईले भन्नुभयो, ‘नातिनी स्कुल जादा खुवै खुसि हुन्छे ।’ कक्षा सञ्चालन लोभ लाग्दो भएकाले हेर्न आउनेहरुपनि प्रसस्त हुन्छन् । शिक्षिकाले बालबालिकालाई सिकाउने तरिका पनि राम्रो रहेको अभिभावकहरु बताउँछन् ।

साना नानीवावु विद्यालय आउने वानी वसाउनका लागि खेलकुद सामाग्री सहयोगी वनेको सहजकर्ता गोमा अधिकारीले वताउनुभयो । विद्यालयले कक्षालाई प्रभावकारी वनाउन कोठामा सिसिटिभी क्यामेराको जडान गरेको छ । सहजकर्ताको वालवालिकामैत्री व्यवहारको निगरानी र मुल्यांकनका लागि कक्षाकोठामा सिसिटिभी क्यामेरा पनि जडान गरिएको हो । सहजकर्ता (शिक्षक)को वालवालिकाहरु संगको व्यवहार हेरेर थप सल्लाह दिने गरिएको प्रधानाध्यापक पौडेलले वताउनुभयो ।

जिल्लाका विभिन्न सरकारी विद्यालयमा अहिलेपनि साना कक्षाहरुमा विद्यार्थी भर्ना नहुने र भर्ना भएपनी कक्षा छोड्ने समस्या छ । माण्डवि मा.वि. नयाँगाउले विद्यालयको यो समस्यालाई भने छोटो समयमै समधान गरेको छ । विद्यालयमा साना वालवालिका नआउने समस्या मात्रै होईन अभिभावकहरु निजी विद्यालयमा आकर्षित भएर विद्यार्थी भर्ना नगर्ने समस्याको समाधानका लागि पनि विद्यार्थीमैत्री र गुणस्तरीय पठनपाठनतर्फ ध्यान दिईएको प्रधानाध्यापक पौडेलले उल्लेख गर्नुभयो । सवैको शाझा प्रयास रहेमा सरकारी स्कुलमा पनि निजी विद्यालयमा जस्तै गुणस्तरीय पठनपाठन गर्न सकिने उहाँको अनुभव छ ।

– सौजन्य: बाल सरोकार फिचर सेवा, एफएनजे, प्यूठान
प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...