News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी सङ्घ प्युठानद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ श्रावण १९
६९० पटक
२०८१ श्रावण १९

होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र प्युठानले होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

नेपालगन्जमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने ब्यबसायिहरुलाइ सम्मान गरेको प्रेस सल्लाहकार एलबि थापाले बताए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा दधिराम भण्डारी, सह कोषाध्यक्षमा जुद्ध बहादुर कँवर र सदस्य पदमा रामकृष्ण भण्डारी निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्ष भण्डारी सङ्घको निवर्तमान महासचिव हुन् भने सह कोषाध्यक्ष कँवर सङ्घको जिल्ला अध्यक्ष तथा सदस्य भण्डारी सङ्घको सल्लाहकार हुन् ।

निर्वाचित उनीहरूलाई केन्द्रीय सचिव धनेश्वर भण्डारी केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, शिव पुलामी, सङ्घका निवर्तमान अध्यक्ष गन्ज बहादुर थापा, माण्डवी बजार इलाका अध्यक्ष तुलसीराम के सी, कानुनी सल्लाहकार रामेश्वर सुदि, प्रेस सल्लाहकार एलबि थापा लगायतले बधाई दिएका थिए।

२०६५ सालमा स्थापना भएको सङ्घले प्युठान जिल्लाका होटल व्यवसायीहरूको हक हित, संरक्षण र पर्यटन प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...