News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी सङ्घ प्युठानद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ श्रावण १९
६९५ पटक
२०८१ श्रावण १९

होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र प्युठानले होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

नेपालगन्जमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने ब्यबसायिहरुलाइ सम्मान गरेको प्रेस सल्लाहकार एलबि थापाले बताए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा दधिराम भण्डारी, सह कोषाध्यक्षमा जुद्ध बहादुर कँवर र सदस्य पदमा रामकृष्ण भण्डारी निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्ष भण्डारी सङ्घको निवर्तमान महासचिव हुन् भने सह कोषाध्यक्ष कँवर सङ्घको जिल्ला अध्यक्ष तथा सदस्य भण्डारी सङ्घको सल्लाहकार हुन् ।

निर्वाचित उनीहरूलाई केन्द्रीय सचिव धनेश्वर भण्डारी केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, शिव पुलामी, सङ्घका निवर्तमान अध्यक्ष गन्ज बहादुर थापा, माण्डवी बजार इलाका अध्यक्ष तुलसीराम के सी, कानुनी सल्लाहकार रामेश्वर सुदि, प्रेस सल्लाहकार एलबि थापा लगायतले बधाई दिएका थिए।

२०६५ सालमा स्थापना भएको सङ्घले प्युठान जिल्लाका होटल व्यवसायीहरूको हक हित, संरक्षण र पर्यटन प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...