गौमुखी गाउँपालिका र नेपाल एस.बि.आई बैङ्कबिच सहमति भएको छ । बैङ्कले वडा तहमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नमानेपछि गौमुखी गाउँपालिकाका जनप्रतिनिधिले आन्दोलन सुरु गरेका थिए ।
समस्या समाधानका विभिन्न विकल्प सुनाउँदा समेत बैङ्कले बेवास्ता गरेको भन्दै ज्ञापन पत्र बुझाएर बैङ्कअगाडि सोमबारदेखि धर्ना सुरु गरेका थिए ।
बुधवार बैङ्क र गाउँपालिकाबिच बैङ्कले सामाजिक सुरक्षा भत्ता वडा तहमै वितरण गर्ने, बैङ्कमा आउने र वडा तहमै सुविधा लिने सेवाग्राहीको विवरण छुट्टाउन गाउँपालिकाका उपाध्यक्ष महावीर रानाको संयोजकत्वमा समिति बनाउने र गाउँपालिका एवं सरोकारवालाको आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।