News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी क्याम्पसमा वृक्षारोपण सम्पन्न

झुलेनी नेटवर्क२०८१ भदौ १२
६५८ पटक
२०८१ भदौ १२

स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

क्याम्पस सञ्चालक समितिको आयोजनामा विभिन्न प्रजातिका बिरुवा र फुलहरू रोपिएको सञ्चालक समितिका अध्यक्ष कृष्णध्वज खड्काले बताए ।

‘क्याम्पसको सौन्दर्यता र पर्यावरणका लागि वृक्षारोपण गरेका छौँ ।’ खड्काले भने- ‘सौन्दर्यीकरणका लागि फुल र पर्यावरणका लागि केही ठुला बिरुवा सहित फलहरू पनि रोपेका छौँ । बिरुवाको नियमित रेखदेख र संरक्षण हुन सक्यो भने क्याम्पसको स्वरूप फेरिने छ ।’

एभोकार्डो, अम्बा, अमला, धुपिसल्ला लगायत विभिन्न फुलहरू पनि रोपिएको छ।

वृक्षारोपण कार्यक्रममा क्याम्पस सञ्चालक समिति, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधी, नेपाली सेना, स्ववियु पदाधिकारी, पत्रकार, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...