लुम्बिनी प्रदेशभर शुक्रवार सार्वजनिक बिदा हुने भएको छ ।
हरितालिका तिजको अवसरमा भदौ २१ गते शुक्रवार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सार्वजनिक गरेको छ ।
२०८० चैत्र २० गतेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम उक्त दिन बिदा हुन लागेको हो ।