News Portal

रेडियो सुन्नुहोस्

आज दर खाने दिन ! फेरियो चलन

बिबस जि.एम२०८१ भदौ २०
६६९ पटक
२०८१ भदौ २०

हिन्दु नेपाली धर्मावलम्बी महिलाहरुले आज दर खादै छन् । हरितालिका तीजको ब्रत स्वरुप आज दर खान लागेका हुन् । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन समेत रहेको छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म नाचगान गरी रमाइलो गर्ने र मिठो खानेकुरा खाने गर्दछन् । तर, पछिलो समय एक महिना अघि देखि नै दर खाने चलन चल्दै आएको छ । यसले गर्दा तीजको व्रत स्वरुप सोही दिन खाने दरको औचित्य नै नरहने जस्तो देखिन्छ । तीजको अघिल्लो दिन दिदीबहिनी भेटभई एक दिन दर खाने र त्यसको भोलिपल्ट ब्रत बस्ने चलन छ । त्यस दिन ब्रत बसेकाहरुले पानी समेत खाँदैनन् ।

७० बर्ष अघि तीजको समयमा दिदीबहिनी जम्मा भएर घ्यू राखेको भात,(खाजा) खिर, गाउँमै उत्पादन भएका तरकारी लगायत मिलाएर दर खाने गरेको अनुभाव प्यूठान नगरपालिका ४ टारीकी ८२ बर्षिया खिमा सुवेदीले सुनाइन् ।

स्वास्थ्यको लागि फाइदा हुने स्वस्थ खानेकुरा खान चिकित्सिकहरुले सुझाउने गरेका छन् । दैनिक रुपमा स्वास्थ्यलाई असर पार्ने खानेकुरा खान नहुने प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले बताए । चिल्लो पदार्थ बढि प्रयोग नगर्न र मासुको मात्रा कम गर्न पौडेलको सुझाब छ । “सुगरको बिरामीहरु सकेसम्म ब्रत नबस्दा नै राम्रो हुन्छ,’ पौडेलले भने,‘किन की स्वास्थ्यको लागि खाली ब्रत सकारात्मक पक्ष होइन् ।” सुगरको कमी भएकाहरुलाई समस्या हुने भन्दै खाली पेट नबस्न पनि उनले भनेका छन् । दिनभरी पानी समेत नखाई ब्रत बस्दा मृगौलालाई समस्या हुने भएकाले ब्रतको समयमा पानी पिउन आवश्यक रहेको पौडेल बताउँछन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...