News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालको सुविधा सम्पन्न ५ तले भवन बन्दै

बोम बहादुर परियार२०८१ असोज ९
८९४ पटक
२०८१ असोज ९

पर्याप्त भौतिक संरचनाको अभावमा सधैँ बेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको छ । जमिनमुनि(अन्डर ग्राउन्ड) पार्किङ, लिफ्ट सहितको अपाङ्गमैत्री, बालमैत्री,भूकम्प प्रतिरोधी ५ तले भवन निर्माण गर्न थालिएको छ ।

२१ करोड ३० लाख ५३ हजार ७ सय ६८ रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी भवन निर्माणको ठेक्का सम्झौता भएको छ । निर्माणको ठेक्का ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि. (नेपालगन्ज) ले लिएको सहरी विकास तथा भवन कार्यालय दाङका इन्जिनियर मनोज नेपालीले जानकारी दिए । ‘२०८० चैत ७ गते निर्माण सम्झौता गरी निर्माण व्यवसायीले काम थालेका छन्,’ नेपालीले भने, ‘२०८३ जेठ ६ गतेसम्म निर्माण गरिसक्नु पर्ने हुन्छ ।’ कार्यालयका अनुसार हाल अस्पताल परिसरमा रहेका ८ वटा पुराना टहराहरू हटाएर सोही ठाउँमा ५५ हजार बर्गफिट क्षेत्रफलको ५ तल्ले भवन निर्माण  हुने कार्यालयले जनाएको छ ।  हाल भवन निर्माण १५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर नेपालीले जानकारी दिए ।

२०४३ सालदेखि १५ शैय्याको सेवा दिन थालेको प्यूठान अस्पतालले हाल ५० शैय्याको सेवा प्रवाह गरिरहेको छ । ३१ रोपनी क्षेत्रफलका साना ठुला गरी १९ भवन संरचनाहरू रहेको अस्पतालमा पर्याप्त ठाउँ नहुँदा एकै कोठाबाट दुई विशेषज्ञले सेवा दिँदा बिरामीले सास्ती खेप्दै आएका छन् । विभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको सेवा रहेको प्यूठान अस्पतालमा नयाँ भवन निर्माण भएपछि सघन(जटिल) शल्यक्रिया, आइसियु, एनआइसीयु, भेन्टिलेटर, एचडियु, सिटी स्क्यान, डाइलाइसीस सेवा बिस्तारका लागि सहज हुने  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले बताए । साथै पर्याप्त पार्किङ, इमर्जेन्सी वाडको बिस्तार, विशेषज्ञ अनुसारको विभाग रहने छ । सेवा बिस्तार सङ्गै बिरामी रिफर गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाई छ ।

प्यूठान अस्पतालमा, हार्डजोर्नी तथा नसा रोग, महिला तथा स्त्रीरोग, छाला रोग, मनोरोग, फिजिसीयन, इन्टरनल मेडिसिन,  रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट  लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध रहेको प्यूठान अस्पतालका सूचना अधिकारी विजय चन्दले जानकारी दिए । साथै २४ सै घण्टा आकस्मिक र प्रयोगशाला सेवा, ओपिडी, फार्मेसी, प्रसूति, ओसिएमसी, अपरेसन, सुरक्षित गर्भपतन, फिजियोथेरापी, एक्सरे तथा भिडियो एक्सरे, ए.आर.टि, पोष्ट मार्टम, शल्यक्रिया, सर्प दंश उपचार, एम्बुलेन्स लगायतका सेवा उपलब्ध छन् ।

अस्पतालमा नयाँ सुविधा सम्पन्न भवन निर्माण पछि अस्पतालले दिने सेवामा सुधार हुने स्थानीय नवीन गौतमले बताए । अस्पतालमा विशेषज्ञ चिकित्सकहरूलाई टिकाइ राख्नका लागि सरोकारवालाहरूले ध्यान दिनुपर्ने उनको धारणा छ । भौतिक संरचनाको काम समयमै सम्पन्न गर्न नियामक निकाय चनाखो बन्नु पर्ने उनको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...