News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भैरव नाच प्रदर्शन

शशिधर भण्डारी२०८१ कार्तिक ७
५४९ पटक
२०८१ कार्तिक ७

नेवार समुदायको परम्परागत भैरव नाच प्यूठानमा प्रदर्शन गरिएको छ ।

लायन्स क्लब अफ प्यूठानको आयोजना र प्यूठान नगरपालिका वडा न‌‍‍म्बर ३ र ४ को सहयोगमा  लातेबाज भैरव समाज भुमिकास्थान नगरपालिका–८ अर्घाखाँची को टोलीले नेवारी समुदायमा प्रचलित भैरव नाच प्रदर्शन गरेको हो ।

श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म रातीको समयमा नाचिने भैरव नाच मङ्गलवार प्यूठान नगरपालिका–३ जुम्री बसपार्कमा प्रदर्शन गरिएको लायन्सका सल्लाहकार अर्जुन कुमार कक्षपतिले जानकारी दिए । प्यूठानमा नेवारी समुदायको बाक्लो बस्ती भए पनि यो नाच नाचिँदैन । ‘नेवारी समुदायमा प्रचलित नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धनका लागि प्यूठानमा भैरव नाचको आयोजना गरेका हौँ’, कक्षपतिले भने ।

भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाच रहेको  लातेबाज भैरव समाजका संयोजक राज कुमार श्रेष्ठले बताए । सात ताल (पटक) सम्म नाचिने भैरव नाचको एउटा ताल सामान्यतया २० मिनेटको हुन्छ । बिचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा कालभैरव मुख्य हुन्छ । श्वेत भैरव र रक्त भैरव सहायक हुन्छन् भने साथमा डङ्किनी हुन्छ । तीन ओटै भैरव आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौँरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने श्रेष्ठले बताए । भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउनेहरू मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यवादनमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ ।

यसमा मुख्य गरी मृदङ्ग, झ्याली, झुर्मा, कर्नाल, बाँसुरी, सनही बाजा वाद्यवादन प्रयोग गरिन्छ । भैरव नाचलाई रोचक बनाउन लौरा नाच, बच्छे नाच, घोडा नाच, चरानाच, लाहुरे लाहुरेनी नाच, लाटा लाटी नाच नाचिन्छ । पछिल्लो समय प्यूठानको खलङ्गा, अर्घाखाँची, गुल्मी, रुपन्देहीमा भैरव नाच प्रदर्शनका लागि पुग्ने गरेको समेत श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेवार समुदाय भएका स्थानहरूमा आमन्त्रण गर्ने र प्रदर्शनका लागि लातेबाज भैरव समाज पुग्ने गरेको छ । मल्लरानी गाउँपालिका–४ को आयोजनामा प्यूठानको खलङ्गामा असोज १६ गते जिल्लामा पहिलो पटक प्रदर्शन गरिएको थियो । भैरव नाच लुम्बिनीका अर्घाखाँची, पाल्पा, गुल्मी क्षेत्रमा लोकप्रिय छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...