News Portal

रेडियो सुन्नुहोस्

आज को राशिफल: २०८१ कार्तिक १३ मंगलवार

संकलक: राम प्रसाद सुवेदी २०८१ कार्तिक १३
४४९ पटक
२०८१ कार्तिक १३

मेष

आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।

वृष

आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।

मिथुन

आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्य प्रति बढी सचेत रहनु पर्छ ।

कर्कट

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु क्षय पनि होलान् ।

सिंह
रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पढाइमा पनि प्रगति हुनेछ ।

कन्या

आज गरेको कामबाट सफलता मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला

आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । केही मालसामान हराउन पनि सक्छ ।

वृश्चिक

आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

धनु

आज वाक्चातुर्यले कार्य सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट बिस्तारै सफलता र आम्दानी पनि बढ्नेछ ।

मकर

जोशजाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

कुम्भ

आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

मीन

आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।

श्रोत:  हाम्रोपात्रो

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...