News Portal

रेडियो सुन्नुहोस्

ओली–प्रचण्डको प्रतिवेदन परिमार्जनसहित पारित, सांगठनिक एकताका लागि कार्यदल गठन

सिखबर संवाददाता१३ पौष, प्यूठान
१०८५ पटक
१३ पौष, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायि समितीको वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

यसअघि समितिका नेताहरुले कमजोरी स्विकार्नुपर्ने भनेपछी वैठक स्थगित भएको थियो। स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत मंसीर २९ गतेबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। साथै पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेकोभन्दै पार्टी नेतृत्वको समेत चर्को आलोचना गरेका थिए ।

नेताहरुको आलोचनाको विषयलाई समेत समेटने गरी परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरिएको हो। बैठकमापार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल पनि बनाएको छ ।

कार्यदलमा पौडेलसहित रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुबीर महासेठ, बेदुराम भुषाल, वर्षमान पुन र लेखराज भट्ट रहेका छन् ।

कार्यदलले पार्टी संगठनको एकताबारे गृहकार्य गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...