News Portal

रेडियो सुन्नुहोस्

सर्वपक्षीय छलफललाई प्रभावकारी बनाऊ

झुलेनी नेटवर्क२०८१ मङ्सिर १०
८१५ पटक
२०८१ मङ्सिर १०

नेपालको संविधान २०७२ जारी भएसँगै संवैधानिक रूपमा विभिन्न तहका सरकारहरू जनप्रतिनिधिले सञ्चालन गरिरहेका छन्। जनताको आवश्यकता, समस्या, चासो र मागका विषयहरू अव मुख्यतया जनप्रतिनिधिका कर्तव्यका विषयहरू बनेका छन् । त्यसले जनप्रतिनिधिको रिक्ततालाई पूर्णता दिँदै आफ्ना शासकीय अधिकारहरू आफ्ना प्रतिनिधिहरूबाट सुनिश्चित गर्नका लागि स्थिर व्यवस्था निश्चित भएको छ । यद्यपि, राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले सामाजिक संरचनाको संवेदनशीलतालाई ख्याल नगरी अगाडि बढ्दा कतिपय साझा मुद्धाहरु, एजेन्डा, विषयहरू भने कमजोर बन्दै गएका छन् । पछिल्लो समय सरकारी कार्यालयहरूका सार्वजनिक छलफलका विषयहरू पनि बिस्तारै खुम्चिँदै गएका छन् ।

संविधान र कानुनले निर्दिष्ट गरेको हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप स्थिर, मजबुत र स्थायित्व प्रदान गरेर नागरिकमाझ लोकप्रिय बनाउनका लागि कानुनको शासनको साथसाथै त्यसमा साझा अपनत्व, नागरिक समाजको बलियो उपस्थिति र आमसञ्चार क्षेत्रको प्रभावकारी पहुँच स्थापित गर्न जरुरी छ । तर, यो महत्त्वपूर्ण जिम्मेवारीबाट शासक र प्रशासकहरू चुक्दा व्यवस्थामाथि दिनानुदिन प्रश्न उठ्न थालेका छन् ।  नागरिकमा निराशा बढ्दो छ । कानुनबमोजिम जनप्रतिनिधि नीति निर्माता, राष्ट्रसेवक कार्यान्वयनकर्ता हुन भने भूमिकाको हिसाबले नागरिक समाज सरोकारवाला र आमसञ्चार जगत यी सबै पक्षबिच सेतुको भूमिकामा रहेर काम गर्ने जगत हो । आम नागरिक, नीति निर्माता र कार्यन्वयनकर्ताहरु माझ नागरिकको भौतिक तथा भावनात्मक सहभागिता एवं अपनत्वलाई स्थापित गर्न महत्त्वपूर्ण पक्षको रूपमा सञ्चार जगत रहन्छ ।

जब नीति निर्माता र कार्यान्वयनकर्तालाई नागरिक समाजको अपनत्व र सञ्चार जगतको आवश्यकता बोध कम हुँदै जान्छ तब व्यवस्थामाथि गम्भीर प्रश्नहरू उठ्न थाल्छन् । नागरिकका गुनासा र प्रश्नहरूको सही समयमा उचित तवरबाट सम्बोधन गर्नका लागि उनीहरूको अपनत्व र उपस्थितिलाई बढवा दिइनुपर्दछ । सबल नागरिक समाज, र प्रभावकारी सञ्चार जगत एवं पूर्ण प्रेस स्वतन्त्रता लोकतन्त्रका विशेषता मात्र होइनन्, स्थायित्वका महत्त्वपूर्ण आधारहरू पनि हुन् । समाजमा विभाजित भावनाहरूलाई एकीकृत गरेर विभिन्न विचार, धारणा एवं उपस्थितिको सुनिश्चितता नागरिक समाजले गर्दछ । यसर्थ सर्वपक्षीय छलफललाई चार दिवारभित्र सीमित नगरेर आम नागरिकको बिचमा पुर्‍याउन यसका सबै सरोकारवालासँग उचित समन्वय गरी प्रभावकारी बनाउन समयमै ध्यान दिइनुपर्छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...