News Portal

रेडियो सुन्नुहोस्

समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी

झुलेनी नेटवर्क२०८१ पौष २०
४७७ पटक
२०८१ पौष २०

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । सामाजिक सचेतनामार्फत विचार निर्माण गरेर यो क्षेत्रबाट सामाजिक रूपान्तरण हुने उनले बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्यूठानको चौथो जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले नेपालको परिवर्तनमा प्रेस सेन्टरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । समाजमा लुकेका सकारात्मक सत्यहरूलाई बाहिर ल्याएर अहिलेको निराशा चिर्न पनि यो क्षेत्र महत्त्वपूर्ण रहेको उनको भनाई छ ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक यज्ञ बहादुर के.सी.ले प्रेस सेन्टरको गौरवशाली इतिहास नेपालको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक रहेको बताए । मङ्गलवार सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वलाई शनिवार पद हस्तान्तरण गरिएको हो । प्रेस सेन्टरको अध्यक्षमा यादव पौडेल निर्वाचित भएका छन् । हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराम पोख्रेलले पौडेललाई आसन हस्तान्तरण र निवर्तमान सचिव रमेश गिरीले निर्वाचित सचिव केशर सुनारलाई माईन्युट हस्तान्तरण गरेका थिए ।

माण्डवी गाउँपालिकाका अध्यक्ष अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य बुद्ध बस्नेत, प्रेस सेन्टर लुम्बिनीका अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील पोखरेल, प्रेस सेन्टर प्यूठानका इन्चार्ज हरि भण्डारीले लगायतले मन्तव्य राखेका थिए ।

टिकाराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रमेश गिरीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...