News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको कम्यूटर तालिमको विषय अख्तियारमा

मधुसुदन पोख्रेल२०८१ माघ २४
४३९ पटक
२०८१ माघ २४

प्यूठान नगरपालिकाले संचालन गरेको कम्प्यूटर तालिममको भुक्तानी रोकीएको छ । पालिकाले २०८० चैत्रमा ६ लाख बजेटकोे तिनमहिने आधारभूत कम्प्यूटर तालिम संचालन गरेको थियो । नगर प्रमुख विष्णुबहादुर योगिका स्वकीय सचिब पुष्कर शर्माले सेटिङमा श्रीमतीको नाममा दर्ता भएको गुरु एकेडेमीलाई कार्यक्रम दिलाएका थिए । तालिम समापन गरे पनि भुक्तानी रोकिएको संस्थामा साझेदार अनील भण्डारीले बताए ।

प्यूठान नगरपालिकाले गत वर्ष २०८० फागुन २ गते कम्प्यूटर सिकाइका लागि प्रस्ताव पेस सम्वन्धी सूचना प्रकाशन गरेको थियो । जिल्लाका विभिन्न ६ वटा इनिस्टीच्यूटहरुले प्रस्तावना सहित कार्यक्रम गर्नको लागि निवेदन पेस गरेका थिए । गुरु ऐकेडमिलाई कार्यक्रम दिनको लागि नगरपालिकाले उहि व्यहोराको सूचना ३ दिन पछी पुनःथप गरिएको थियो ।

मिति सूचनामा उल्लेख नगरी २०८० फागुन ११ गते उहि व्यहोराको सूचना फागुन १७ गते सम्मका लागि प्रस्तावना पेस गर्न भनि निकालेको थियो । यो अवधिमा नगरप्रमुख योगीकी छोरी सुलोचना शर्मा र अनील भण्डारीको नाममा फागुन १५ गते इन्सिच्यूट दर्ता गरियो । यसै सस्थालाई नगरपालिकाले कार्यक्रम दिएको थियो ।

प्यूठान नगरपालिका ४ जुम्रीमा रहेको गुरु एकेडेमिले ३ महिना सम्म तालिम संचालन गरे पनि भुक्तानी रोकिएको प्यूठान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले बताए । जिल्ला प्रशासन कार्यालयले भुक्तानी रोकिदिनु भन्ने आसयको पत्र पठाएपछी भुक्तानी रोकिएको भण्डारीको भनाइ छ । तालिमको विषय अख्तियारमा गएकाले अख्तियारले किलेरिङ नगरी भुक्तानी दिन नसकिएको उप प्रमुख देवेन्द्र बर्माले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...