News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको कम्यूटर तालिमको विषय अख्तियारमा

मधुसुदन पोख्रेल२०८१ माघ २४
२६८ पटक
२०८१ माघ २४

प्यूठान नगरपालिकाले संचालन गरेको कम्प्यूटर तालिममको भुक्तानी रोकीएको छ । पालिकाले २०८० चैत्रमा ६ लाख बजेटकोे तिनमहिने आधारभूत कम्प्यूटर तालिम संचालन गरेको थियो । नगर प्रमुख विष्णुबहादुर योगिका स्वकीय सचिब पुष्कर शर्माले सेटिङमा श्रीमतीको नाममा दर्ता भएको गुरु एकेडेमीलाई कार्यक्रम दिलाएका थिए । तालिम समापन गरे पनि भुक्तानी रोकिएको संस्थामा साझेदार अनील भण्डारीले बताए ।

प्यूठान नगरपालिकाले गत वर्ष २०८० फागुन २ गते कम्प्यूटर सिकाइका लागि प्रस्ताव पेस सम्वन्धी सूचना प्रकाशन गरेको थियो । जिल्लाका विभिन्न ६ वटा इनिस्टीच्यूटहरुले प्रस्तावना सहित कार्यक्रम गर्नको लागि निवेदन पेस गरेका थिए । गुरु ऐकेडमिलाई कार्यक्रम दिनको लागि नगरपालिकाले उहि व्यहोराको सूचना ३ दिन पछी पुनःथप गरिएको थियो ।

मिति सूचनामा उल्लेख नगरी २०८० फागुन ११ गते उहि व्यहोराको सूचना फागुन १७ गते सम्मका लागि प्रस्तावना पेस गर्न भनि निकालेको थियो । यो अवधिमा नगरप्रमुख योगीकी छोरी सुलोचना शर्मा र अनील भण्डारीको नाममा फागुन १५ गते इन्सिच्यूट दर्ता गरियो । यसै सस्थालाई नगरपालिकाले कार्यक्रम दिएको थियो ।

प्यूठान नगरपालिका ४ जुम्रीमा रहेको गुरु एकेडेमिले ३ महिना सम्म तालिम संचालन गरे पनि भुक्तानी रोकिएको प्यूठान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले बताए । जिल्ला प्रशासन कार्यालयले भुक्तानी रोकिदिनु भन्ने आसयको पत्र पठाएपछी भुक्तानी रोकिएको भण्डारीको भनाइ छ । तालिमको विषय अख्तियारमा गएकाले अख्तियारले किलेरिङ नगरी भुक्तानी दिन नसकिएको उप प्रमुख देवेन्द्र बर्माले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...