सिखवर अनलाईनका सम्पादक नोमराज पौडेल प्रेस संगठन नेपाल प्यूठानको संयोजक हुने भएका छन्।
जिल्लामा विगत डेढ दसकदेखि पत्रकारीतामा सक्रिय पौडेल संगठनको निर्णयअनुसार संयोजक हुने भएका हुन।
साविकका प्रेस चौतारी र प्रेस सेन्टरको एकतापस्चात प्रेस संगठन निर्माण भएको हो। प्रेस संगठन नेपालको निर्णयअनुसार प्यूठान जिल्लाको नेतृत्व साविकको प्रेस सेन्टरलाई परेको छ। पौडेल प्रेस सेन्टर प्यूठान रहदा पनि संयोजक रहेका थिए।
निर्णय अनुसार यौटा संगठनको संयोजक भएको जिल्लामा अर्को संगठनवाट सहसंयोजक हुनेछन्।