News Portal

रेडियो सुन्नुहोस्

यस्तो छ उप-निर्वाचनमा प्यूठानको चुनावि चित्र

सिखबर डेस्क१३ मंसिर, प्यूठान
१८३१ पटक
१३ मंसिर, प्यूठान

मंसीर १४ गते प्यूठानका दुई स्थानीय तहको तीन वटा वडामा उप निर्वाचन हुँदैछ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला र प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा निर्वाचन हुन लागेको हो । तिनवटा वडाका १२ मतदान केन्द्रवाट ८ हजार ३ सय ४६ मतदाताले ७ जना उम्मेद्वारका लागि मतदान गर्दैछन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाविच तालमेल भई ‘वाम गठवन्धन’ भएको छ। ऐरावती १ र प्यूठान नगरपालीकामा राजमोले नेकपाका उम्मेद्वारलाई मतदान गर्न निर्देशन दिईसकेको छ। ऐरावती २ मा भने नेकपाका कार्यकर्ताले स्वतन्त्र चिन्ह लिएर उम्मेद्वारी दिएका छन्।

२ स्थानिय तहका ३ वर्डामा ७ उम्मेद्वारका लागि ८ हजार ३ सय ४६ मतदाताले १२ वटा मतदान केन्द्रवाट मत दिनेछन्।

ऐरावती
ऐरावती १ मा २ हदार ५ सय ४५ र २ नम्वरमा २ हजार ७ सय ८० गरी कुल ५ हजार ३ सय २५ मतदाता ऐरावतीमा रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए ।

वर्डा नं १ दाङवाङ

ऐरावतीको १ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष पदम थापा जिल्ला सम्वन्य समितिको उपप्रमुख निर्वाचित भएपछी चुनाव हुन लागेको हो।
ऐरावती १ मा वालशिक्षा प्रा वि का २ केन्द्रवाट ११ सय ४५, दाङवाङ माविवाट ८९६ र दाङवाङ प्रा वि मतदान केन्द्रवाट ५०४ मतदाताले मतदान गर्नेछन्।
अघिल्लो स्थानीय तहको मत परिणाम अनुसार ऐरावती १ मा नेकपाका उमेदवार र नेपाली कांग्रेसका उमेदवार विच १ हजार २ सय ९ मतको अन्तर छ। चुनावी तोलमेलपछि राजमो र नेकपाको गरी कुल मत १ हजार ३ सय ३६ र नेपाली कांग्रेसको १ सय २७ मत छ ।

ऐरावती २ वरौला
ऐरावती २ मा राजमोबाट निर्वाचित वडा अध्यक्ष केशवराज आचार्य सम्वन्य समितिकै प्रमुख भएपछि वडा रिक्त भएको हो। विगतको तथ्यांक अनुसार ऐरावती २ नम्वरमा राजमो र नेकपाको कुल मत १ हजार ६२ छ भने नेपाली कांग्रेसको ३ सय ११ मत छ । चुनावी तालमेल अनुसार ७ सय ५१ मतले राजमो अगाडी देखिएपनि नेकपाका नेताको स्वतन्त्र उमेदवारी परेको छ। चुनावचिन्ह स्वतन्त्र भएपनि उनलाई जिताउन नेकपाका कार्यकर्ता लागि परेका छन्। विगतको स्थानिय निर्वाचनमा पनि झिनो मतले पराजित भएका उनको पक्षमा पनि बलियो जनमत रहेको आकलन छ।

ऐरावती २ मा मोति मावि मतदान स्थलका २ केन्द्रवाट १२००, जनकल्याण आ.वि. वाट ७८७ र रत्नेश्वरी प्रावि केन्द्रवाट ७९३ जना मतदाताले मतदान गर्नेछन्।

प्यूठान नगरपालीका २
प्यूठान नगरपालिका २ मा तत्कालिन एमालेबाट निर्वाचित अध्यक्ष खिम बहादुर विष्टको क्यान्सर लागेर निधन भएपछि अहिले उप निर्वाचन हुँदैछ ।
तीन पार्टी एक हुँदा पनि दाखाक्वाडीमा एमालेका स्व. खिम बहादुर विष्टले १ सय ५५ को मतान्तरले चुनाव जितेका थिए । विष्टले ८ सय र उनका निकटतम प्रतिस्पर्धी राजमोका हरी बहादुर बुढामगरले ६ सय ४५ मत पाएका हुन् । प्यूठान नगरपालिका २ मा ३ हजार २१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस विष्णु प्रसाद गौतमले जानकारी गराए ।

प्युठान नगरपालीका २ मा वडहरपाटा मतदान स्थलका २ केन्द्रवाट १८५० र जानकि मा वि का २ केन्द्रवाट १ हजार १ सय ७१ मतदाताले मतदान गर्नेछन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...