News Portal

रेडियो सुन्नुहोस्

निर्वाचनले पार्टीलाई थप बलियो वनायो- नेकपा प्यूठान

सिखबर संवाददाता१८ मंसिर, प्यूठान
१८२३ पटक
१८ मंसिर, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले मंसिर १४ को उपनिर्वाचनपछी पार्टी थप मजवुत र संगठन बलियो वनेको वताएको छ। पार्टीको प्रचार प्रसार तथा प्रकासन विभागको अायोजनामा भएको पत्रकार सम्मेलनमा नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले निर्वाचनले पार्टीलाई थप संगठित गराएको वताए।

चुनावि तालमेलको प्रसंगमा अध्यक्ष शर्माले राष्टिय जनमोर्चाको व्यवहारकै कारण तालमेल कार्यन्वयन हुन नसकेको वताए। “राष्टिय जनमोर्चाले विगतमा तालमेलको क्रममा भएको निर्वाचित अवधिभर सहकार्य गर्ने सहमति उल्लंघन गरेको छ।” शर्माले भने- “स्थानिय स्तरमा जनमोर्चा निर्वाचित स्थानमा वर्गवैरी जस्तो व्यवहार गर्ने र पार्टी केन्द्रमा पुगेर तालमेल गर्ने जनमोर्चाकै कारण वरौलामा स्थानिय पार्टीले जनमोर्चाको तालमेल अस्विकार गर्यो।”

विभाग प्रमुख ईमानसिंह भारतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सचिव कृष्ण अधिकारीको विशेष उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन टिकाराम पोख्रेलले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...