News Portal

रेडियो सुन्नुहोस्

संस्थागत स्वार्थमा लागे स्तरीय सेवा प्रदान गर्न सकिन्छ: डा.पन्थी

दीपा घर्ती पौडेल
८३५ पटक

बि.सं २०४५ सालमा प्यूठान जिल्लामा स्थापित एकमात्र जिल्ला अस्पतलाले पछिल्लो समय प्रभावकारी रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सकिरहेको छैन ।यस अस्पतालले हाल प्यूठान लगायत छिमेकी जिल्लाहरु रोल्पा ,दाङ,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाहरुका विरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा रहेको यस अस्पतालमा दैनिकजसो अत्यधिक मात्रामा बिरामीहरुको चाप हुने गर्दछ ।बिरामीहरुको चाप रहिरहने यस अस्पतालमा लामो समयदेखि कार्यालय प्रमुख विहिन बन्दा सेवाग्राहीहरुले निकै नै सास्ती बेहोनुपर्यो । अस्पतालको प्रशासनदेखि लिएर आर्थिक तथा व्यवस्थापकिय क्षेत्र पनि लथालिङ्ग बन्यो । उपल्लो तहका डाक्टर त भएनन् नै त्यसमा पनि दरबन्दी अनुसार दक्ष जनशक्तिको समेत अभाव भयो र प्रभावकारी सेवा प्रवाह हुन सकेन । यसै सन्दर्भमा यही पौष देखि जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्टको रुपमा डा. अमृत पन्थीसहित dr. badri baidawar , dr. shiva aryal, dr. rabin shrestha / dr. yubraj paudel सहितको ५ जना medical doctors को टोली आएको छ ।असपतालमा रहेर प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्यूठान आउनु भएका डा. पन्थी संग पत्रकार दीपा घर्ती पौडेलले गर्नुभएको कुराकानी।

  • तपाइको कार्य प्रारम्भ र विगतबारे केहि बताईदिनुहोस न?

मेरा गृह जिल्ला अर्घाखाँची हो। हाल भने तिलोत्तमा –१५ रुपन्देहीमा छ। मैले KATHMANDU UNIVERSITY SCHOOL OF SCIENCES बाट पढाईसकेर २ बर्ष बनेपामा काम गरें। त्यसपछि पाल्पाको रामपुर अस्पतालमा र अहिले यहाँका नागरिकलाई गुणस्तरिय र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले म सहित ५ जनाको टोली प्यूठान आएका छौ । यहाँको अवस्थाको बारेमा थुप्रै कुराहरु सुनेको थिए तर पनि सुधार गर्न सक्छु भन्ने लागेर खटिरहेको छु । आशा छ सबैले सहयोग गर्नु हुनेछ।

  • तपाई यहाँ आउँदा तपाईले सुन्नु भएको र वास्तविकतामा के फरक पाउनु भयो , आउँदाको अबस्था र अहिलेको सुधारको अबस्था बिचको भिन्नता के छ ?

सुनाई र भोगाईमा खासै फरक पाईन ।लामो समयदेखि अस्पतालमा अख्तियार प्राप्त अधिकारी विहिन नै रहेछ ।यो आर्थिक बर्ष सुरुवातबाट नै अस्पतालमा कार्यप्रमुख र लेखा प्रमुख नै नहुँदा अस्पतालको अबस्था नाजुक थियो। अस्पतालको बिषयमा बिभिन्न खबरहरु सुनेपछि प्यूठानमा गएर सेवा गरौं भन्ने भाव बोकेर मेडिकल डाक्टरहरुको टिम सहित यहाँ आएको हुँ। अख्तियार प्राप्त मेडिकल सुपरिटेण्डेण्ट नभईसकेपछि अस्पतालको सेवा प्रवाहको अवस्था विग्रिएको नै थियो ।अस्पतालमा जनशक्तिको एकदमै कमी थियो ।भएका डाक्टरसावहरु पनि समायोजन पछि सबै समायोजन भएर जानु भएको रहेछ ।नयाँ पनि आउनु भएको थिएन ।आवश्यक औषधीहरु पनि थिएन।सबै अवस्थाहरुलाई हेर्दा अस्पतालको सबै पक्ष अलि विग्रिएको नै थियो ।

  • अब यो अस्पतालको हरेक पक्षलाई राम्रो बनाउन र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि कसरी अगाडी बढ्ने सोचमा हुनुहुन्छ ?

पहिलो कुरा त यहाँको प्रमुखको रुपमा जिम्मेवारी लिईसकेपछि प्रशासनिक कामहरुको उचित व्यवस्थापन गर्दै अगाडी बढ्नु पर्ने हुन्छ । प्रशासनिक प्रणालीलाई बलियो बनाईसकेपछि यहाँको समस्यालाई मध्यनजर गर्दै विस्तारै जति सकिन्छ समाधान गर्दै जानुपर्छ ।नागरिकको स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा अलि गम्भिर बन्नुपर्छ । नागरिकले कसरी चौविसै घण्टा सहज, सुलभ,छिटो र गुणस्तरीय सेवा लिन पाउँछन भन्ने विषयमा ध्यान केन्द्रित गरी कार्य सम्पादन गरिरहेको छु ।बिशेष गरी महिला तथा नवजात शिशुशरु प्रभावित नहोउन भनेर आमा सुरक्षा कार्यक्रम अन्र्तगत चिसो समयलाई मध्यनजर गर्दै न्यानो झोला खरिद गरेर वितरण कार्य सुरु गरेका छौं ।सुत्केरी आमालाई पोषक तत्वको कमी नहोस भनेर उनीहरुलाई अस्पतालबाट दिईने खानामा दुध र अण्डा समेत थप गरेका छौं । रातीको समयमा आउने बिरामीहरु ल्याव टेष्ट र एक्सरेको लागि अन्यत्र जानु पर्ने अवस्था थियो । तत्काल आवश्यक जनशक्ति राखेर चौविसै घण्टा यी सेवा सुचारु गरेका छौं ।नेपाल सरकारले स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलाहरुका लागि प्रदान गर्ने सुत्केरी प्रोत्साहन भत्ता र यातायात खर्च बापतको रकम रोकिएको रहेछ यो पनि सुचारु भैसकेको छ ।अस्पतालमा थप सेवा विस्तार गर्ने सोचमा छौ । जसअन्र्तगत हाडजोर्नी सम्बन्धि बिरामीहरु अलि बढी देखिएका कारण यसैलाई ध्यान दिदै फिजियोथेरापी सेवाका लागि उपल्लो निकायसंग छलफल भैराखेको छ र जनशक्ति समेत थपिसकेका छौं ।आवश्यक उपकरणहरु उपलब्ध हुनासाथ सेवा सुरु गर्नेछांै। सुरुवातको समय छ सबै समस्यालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको छु ।

 

  • अस्पतालमा डाक्टर नै छैनन भन्ने गुनासो प्राय जसो आईनैरहन्छ ,यहाँ डाक्टर दरबन्दीको अवस्था के छ ?सबै पदपुर्ति भएको अवस्था हो की कस्तो छ ?

दैनिक जसो २ सयको हाराहारीमा बिरामीहरु आउने अस्पतालमा प्राय गरेर ३०÷३२ वटा वेडहरु बिरामीहरुले भरिएका हुन्छन।५० शैय्याको जिल्ला अस्पतालमा मेडिकल अधिकृत र कन्सलटेण्ट एमडी गर्नुभएका १४ जना डाक्टरसावहरुको अहिले दरबन्दी छ यहाँ । त्यसमध्ये अहिले ३ जनाको मात्र पदपुर्ति भएको छ। ९ जना कन्सलटेण्ट डाक्टरहरुमध्ये अहिलेको अवस्थामा कोही पनि नरहेको अवस्था छ। १ जना कन्सलटेण्ट डाक्टर करारमा हुनुहुन्छ। ५÷६ जना मेडिकल अफिसरहरु करारमा हुनुहुन्छ ।यो टिमलाई विरामीको चाप थेग्न सारै अप्ठ्यारो छ ।तै पनि हाम्रो टिममा आउनुभएका सबै डाक्टरसावहरु निरन्तर र गुणस्तरिय सेवा नागरिकहरुलाई प्रदान गरी अस्पतालको अवस्था सुधार गर्न प्रतिबद्ध भएर लाग्नु भएको छ । हाम्रो उद्देश्य  भनेकै नागरिकको स्वास्थ्यप्रति सचेत बनी सहज रुपमा सेवा प्रदान गर्नु हो।

 

  • अस्पताल प्रति नागरिकको गुनासो बढी छ । उता डाक्टरहरु हरेक बाहानामा आउन चाहनु भएको छैन ? यो प्रष्ट छ । यो दुबै किसिमको समस्यालाई कसरी समाधान गर्न सकिएला ?

यो समस्या अन्त्यको लागि र अस्पतालको अब सुधार गर्ने कुराहरुमा चाँही मुख्य रुपमा कुनै पनि संस्थालाई बलियो बनाउनको लागि जो कोहि मान्छे तथा सरोकारवालाहरुले आफ्नो निजी स्वार्थ भन्दा संस्थागत स्वार्थमा बढी ध्यान दिनुपर्दछ। त्यसको लागि सबै तिरबाट पहल हुन जरुरी छ। जस्तै नागरिक समाज ,जनप्रतिनिधिहरु, नगरपालिका , गाउँपालिका स्थानिय बासीन्दा लगाएत सम्पुर्ण सरोकारवाहरुमा मैले पनि केहि गर्नुपर्दछ भन्ने भावना हुनु जरुरी छ। बाहिरबाट आएका दुई चार जना डाक्टरहरुले मात्र गरेर केहि हुँदैन। सबैले आ आफ्नो क्षेत्रबाट अस्पतालको विकास र यहाँबाट दिने सेवाहरु गुणस्तरिय बनाउन तर्फ ध्यान दिने हो भने यो अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्न सकिन्छ।

  • यो अस्पताल ५० शैयामा स्वीकृत भएको अस्पताल हो ? यो मापदण्ड अनुसारको विकास गर्न के गर्नुपर्छ ?

तपाईले यो कुरा उठाईहाल्नु भो। बास्तवमा यो अस्पताल २०७३ सालमा १५ शैय्याबाट ५० शैय्यामा स्तरउन्नति भएको देखिन्छ। यहाँ मैले माथिल्लो डाक्टरहरुलाई मात्र भन्न खोजे यसमा एघारौं तहको मेडिकल सुपरिटेन्डेन्ट हुनुपर्छ । त्यसपछि नौं दशौं तहको ९ जना मेडिकल कन्सल्टेण्ट हुनुपर्छ । यि सबै दरबन्दी आज सम्म रिक्त छन् ।यो निकै दुःखको कुरा हो। हामीलाई अहिले एक जना एम डि जि पि डाक्टर साव हुनुहुन्छ । उहाँ निक साइमनबाट आउनु भएको हो। उहाँलाले हामीलाई धेरै सहयोग गर्नुभएको छ। उहाँलाई मैले बिशेष धन्यबाद दिन चाहान्छु। बास्तवमा यो अस्पतालको विकासको लागि तपाई हामी सबै मिलेर डाक्टरहरु बस्ने बातावरण बनाउनुपर्दछ। स्वास्थ्यकर्मीहरुको सुरक्षा लगाएतका बिषयमा स्थानियबासी सहित सरोकारवाला सबै जिम्मेवार हुनुपर्दछ। सबैको पहल आवश्यक छ।
पचास शैय्याको अस्पताल बनाउनको लागि जग्गा न्यूनतम ३५ रोपनी जग्गा चाहिन्छ। अहिले अस्पतालको ३१ रोपनी जग्गा मात्र छ । यसको लागि यहाँका स्थानियहरुले खेल्ने भुमिका प्रमुख रहन्छ। हामीले गर्ने बिषयमा कुनै कसर बाँकी राख्दैनौं।

  • छोटो कुराकानीका लागि समय दिनुभएकोमा धन्यबाद

हजुरहरुलाई पनि धन्यबाद अस्पतालको बिषयमा केहि कुरा राख्ने मौका दिनुभएकोमा ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...