News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कोरोना सतर्कताः सरोकारवालाको वैठकले गर्यो यस्तो निर्णय

हरि भण्डारी२८ फागुन, प्यूठान
१८८४ पटक
२८ फागुन, प्यूठान

विश्वव्यापी रुपमा फैलदै गएको नोवेल कोरोना भाईरस (COVID 19) को जोखिम न्युनिकरण तथा पुर्वसतर्कताका लागि जिल्लास्थित सरोकारवालाहरुको वैठक वसेको छ। स्थानिय तह, स्वास्थ्यसंस्था, निजी क्षेत्र र नागरिक समाजका विभिन्न संघ संस्थाहरुको संयुक्त वैठकले उक्त संक्रमणको जोखिम न्युनिकरणका लागी आवश्यक सतर्कता अपनाउनुका साथै संभावित कालोवजारीलाई पनि न्युनिकरण गर्ने निर्णय गरेको हो। कोरोना भाईरसको संभावित जोखिम न्युनिकरणका लागी शाझा प्रयासको थालनी गर्न वैठकको आयोजना गरिएको जिल्ला समन्वय प्रमुख केशवराज आचार्यले वताउनु भयो।

यस्ता छन निर्णयहरुः
जिल्ला समन्वय समितीका प्रमुख केशवराज आचार्यको अध्यक्षतामा वसेको वैठकले कोरोनाको संभावित संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउनजिल्ला स्थित सरकारी तथा गैह्रसरकारी कार्यालयहरु, स्थानिय तहहरु, स्थानिय सञ्चारमाध्यम, नागरिक समाज, पेशाकर्मी, समाजसेवी, सामाजिक अगुवाहरुसंगको सहकार्यमा सचेतनामुलक संचार अभियान संचालन गर्ने निर्णय गरेको छ।
संभावित जोखिमको अवस्थामा स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मिको अभाव हुन नदिनका लागि जिल्लास्थित स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको समयमा स्वास्थ्य सेवा उपलव्ध गराउनेगरी तयारी अवस्थामा रहन समन्वय गर्ने निर्णय गरेको छ।
यस्तै कोरोनाको संक्रमणको संभावित जोखिमको वहानामा हुनसक्ने कालोवजारी र कृतिम अभाव हुन नदिनका लागी औषधी व्यवसायी संघ, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ लगायत सरोकारवाला निकायहरुलाई आवश्यक वस्तु तथा सेवा सहज तरिकाले उपलव्ध गराउने गरि तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णय भएको छ।
भैपरि आउने अवस्थामा सहज स्वास्थ्यसेवाका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पत्ताल, जिल्लाका विभिन्न स्वास्थ्यसंस्था र स्थानिय तहहरुमा आवश्यक जनशक्ति र आर्थिक तथा प्राविधिक तयारी गर्ने निर्णय भएको छ।

कति छ जिल्लामा औषधी?
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जिल्लामा हाल आवश्यक पर्ने कुनैपनी औषधीको अभाव नरहेको वताउनु भयो। नेपाल सरकारवाट वितरण हुने विभिन्न प्रकारका औषधीहरु प्रयाप्त रहेको वताउँदै उहाँले औषधी अभावको हल्लाको पछी लाग्न नपर्ने वताउनु भयो।
औषधि व्यवसायिहरुले जिल्लामा ५ महिनासम्मका लागि औषधीहरु व्यवसायीसंग रहेको वताएका छन्। हाल नेपालमा वन्ने औषधीहरु पर्याप्त रहेको र निरन्तर निकासि भैरहेको तर भारतवाट आउने रगतवाट दिईने ईन्जेक्सन लगायतका औषधी नियमित रुपमा आउन नसकेको औषधी व्यवसायी नविन गौतमले वताए। पहिलेजस्तो भारतवाट औषधी सहज रुपमा नआएपनी केही महिनाका लागी भने औषधी रहेको उनको भनाई छ।

स्थानिय तहहरुको आ-आफ्नै तयारी
जिल्लाका स्थानिय तहहरुले कोरोना संक्रमणवाट वच्नका लागी आआफ्नो तयारी थालेका छन्। प्यूठान नगरपालीकाले छ महिनाका लागी नगरपालीकामा आवश्यक पर्ने औषधीहरु खरिद गरि तयारी अवस्थामा राखेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले वताउनु भयो। उहाँले स्वास्थ्यकर्मीहरुलाई पनि आवश्यक अवस्थामा खटाउनका लागी पुर्वतयारी गरिएको वताउनु भयो।
ऐरावती गाँउपालीकाले नोवेल कोरोना भाईरसको जोखिम न्युनिकरणका लागी गाँउ गाँउमा गन्धर्वहरुको टोलिलाई खटाएको छ। सन्देशमुलक गितसहित गन्दर्भहरु गाँउगाउँमा पुगेर सन्देश प्रवाह गरिरहेको गाँउपालीका अध्यक्ष नविलविक्रम शाहले वताए।
सवैजसो स्थानिय तहले अनावश्यक भिडभाड, भोजभतेर र जमघट नगर्न सार्वजनीक सुचना जारी गर्नुका साथै सर्तकता अपानाउने निती अवलम्वन गरेका छन्।

सतर्क रहन स्वास्थ्यकर्मिको सुझावः
भारतवाट आवतजावत गर्ने संख्या धेरै रहेको र भारतमा संक्रमण फैलिएकोले सतर्कता अपनाउनु जरुरी रहेको स्वास्थ्यकर्मिहरुले वताएका छन।
दैनिकजसो छिमेकी मुलुकवाट आउने जाने भैरहने र स्वर्गद्धारी भ्रमणका लागी भारतिय पर्यटक आउने जाने हुनाले सर्तकता अपनाउनु पर्ने जिल्ला अस्पत्तालका डा अमृत पन्थीले वताउनु भयो। यो रोगको फैलिने दर उच्च रहेको र भारतिय नागरिक र भारतवाट फर्कने नेपाली नागरिकको आगमन भैरहने हुनाले सर्तकता अपनाउनु जरुरी रहेको उहाँको भनाई छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आगलागी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय...

फोहोर फाल्ने डस्विनमा नवजात शिशुको शव फेला

प्यूठानको सरुमारानी गाउँपालिका २ दर्भान बजारमा डस्विनमा फालेको नवजात शिशुको शव फेला परेको छ ।...

लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्यूठानको दोस्रो वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ...

धूमधामसँग मनाइयो प्यूठानमा माघी पर्व

प्यूठानमा धूमधामसँग माघी पर्व मनाइएको छ । विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार मङ्गलवार माघी/माघे सक्रान्ती...

एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने

झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई  भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला...