News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालीकाको डिजिटल प्रोफाईल निर्माण सुरु

हरि भण्डारी२९ फागुन, प्यूठान
२०२५ पटक
२९ फागुन, प्यूठान

गाउँपालीका भित्रको वस्तुस्थिती सहित सम्पुर्ण विवरण समावेश गरेर मल्लरानी गाउँपालीकाले गाउँपालीकाको डिजिटल प्रोफाईल तयार गर्न थालेको छ। व्यक्तिगत तथा संस्थागत विवरण सहित सम्पुर्ण सुचनाहरु समावेश गरेर डिजिटल प्रोफाईल तयार गर्न थालिएको गाउँपालीकाका अध्यक्ष अमरध्वज रानाले वताउनु भयो। घरको संकेत नम्वरको आधारमा सम्पुर्ण विवरणहरु प्राप्त गरि सोही आधारमा निती कार्यक्रम तर्जुमा गर्न सहज हुने अपेक्षा लिएको अध्यक्ष रानाले वताउनु भयो।

वैयक्तित विवरणमा के के राखिन्छ?
-नाम, लिंग, धर्म, जाती र पेशा
-परिवारको संख्या र
-परिवारका सम्पुर्ण सदस्यको सवै विवरण
-परिवारका सवै सदस्यको शैक्षिक, सारिरिक अवस्था, स्वास्थ्यअवस्था लगायतका जानकारी
-चल तथा अचल सम्पत्तिको विवरण
-पेशा व्यवसायको वारेमा जानकारी र विवरण
-घर नम्वर सहित घरको अवस्था, जिओ कोड र हालचालैको तस्विर

गाउँपालीकाले नेपालको संविधानको धारा २८ र प्रचलित कानुन वमोजिम कुनैपनी व्यक्तिको आवास सम्पत्ति लिखित, तथ्यांक पत्राचार र चरित्रको गोपनियता कायम राख्ने गरि गणकहरुलाई फिल्डमा खटाई गाउँपालीकाको तथ्यांक संकलन गरिने गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले वताउनु भयो। साथै गणकहरुलाई सुचना संकलनमा सहयोग गर्न पनि सवैमा आग्रह गर्नुभयो।

संस्थागत विवरणमा केके राखिन्छ?
-संस्थाको नाम ठेगाना र प्रकार
-संस्थाको चल अचल सम्पत्तिको विवरण
-जनशक्ति एवं अन्य विवरणहरु
-संस्थाको जिओ कोड सहित तस्विर अपडेट

व्यक्तिगत प्रोफाईलमा घर, परिवार, आर्थिक अवस्थादेखी परिवारका सवै सदस्यको सम्पुर्ण जानकारी समावेश गरिने छ भने संस्थागत प्रोफाईलमा संस्थाको अवस्था, क्षेत्र, भौतिक तथा मानव संसाधनको अवस्था लगायतका सवै संस्थागत सुचना राखिने गाँउपालीकाका सुचना प्रविधी अधिकृत सुरेस पोख्रेलले वताउनु भयो। पोख्रेलका अनुसार वैयक्तित प्रोफाईल अन्र्तगत हरेक घरको आआफ्नै संकेत नम्वर हुनेछ र उक्त घरकाे फाेटाे सहित जियाे काेड पनी प्राप्त गर्न सकिन्छ जसबाट गाउँपालिकामा रहेकाे सम्पूर्ण घरधुरी र संस्थाहरूकाे अवस्थिति सजिलै म्याप मार्फत हेर्न सकिनेछ, जसले गर्दा गणकहरूले सम्बन्धित स्थान काे विवरण पठाएकाे नपठाएकाे जानकारी सजिलै प्राप्त गर्न सकिनेछ ।

सरोकारवालाहरु विच अन्तरक्रियाः
डिजिटल प्रोफाईल निर्माणका लागि गाँउपालीकामा रहेका सरोकारवालाहरु विच अन्तरत्रिया कार्यक्रम गरिएको छ। अन्तरक्रियामा सहभागीले गाँउपालीकाको सुचना वाहिर चुहावट नहुने गरि सम्पुर्ण सुचना व्यवस्थित रुपमा संकलन गर्न सुझाव दिएका छन्। कार्यक्रममा वोल्दै गाँउपालीका उपाध्यक्ष सरिता जि.सि.ले डिजिटल प्रोफाईलले वजेट तथा योजना तर्जुमामा सहज हुनुका साथै स्थानिय सरकारका कार्यक्रमहरु जनताको विचमा जान महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिएको वताउनु भयो।
गाँउपालीकाका जनप्रतिनिधी, संघ संस्थासंग सम्वन्धित सरोकारवाला र स्थानियको सहभागिता रहेको कार्यक्रमको संचालन गाँउपालीकाका रोजगार संयोजक अनिल भटराईले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...