News Portal

रेडियो सुन्नुहोस्

प्यूठानबाट स्वाब परिक्षणका लागि पठाएका ९ जनाकै रिपोर्ट नेगेटिभ

दीपा पौडेल२८ चैत्र , २०७६
१२१३ पटक
२८ चैत्र , २०७६

प्यूठान, कोरोना भाईरस संक्रमणको आशंकामा स्वाब परिक्षणका लागि जिल्लाबाट पठाईएका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य कार्यालय प्यूठान मार्फत परिक्षणका लागि पठाईएका जिल्लाका ७ जना र जिल्ला अस्पताल बाट नमुना संकलन गरी पठाएका २ जना गरी ९ जना कै रिपोर्ट नेगेटिभ आएको हो ।स्वास्थ्य कार्यालय प्यूठानका विपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले दिएको जानकारी अनुसार भारत तथा अन्य तेश्रो मुलुकबाट प्यूठान आएका मध्ये कोरोना भाईरससँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि बिरामीहरुलाई परिक्षणका लागि जिल्लाबाट काठमाण्डौं पठाईएको थियो।
स्वास्थ्य कार्यालय मार्फत पठाएका जिल्लाका प्यूठान नगरपालिका वडा नं. १० को १ जना , वडा नं.२ को २ जना, माण्डवी गाउँपालिका वडा नं. ४ को १ जना, मल्लरानी गाउँपालिका वडा नं. ४ को १ जना , ऐरावति गाउँपालिका वडा नं. २ को १ जना र वा नं.५ को १ जना गरि ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। त्यस्तै जिल्ला अस्पताल मार्फत स्वाब संकलन गरी पठाएका मल्लरानी गाउँपालिकाका २ जनाको स्वाब संकलन गरी परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा पठाईएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पन्थीले जानकारी दिए ।
रिपोर्ट नेगेटिभ आएकोले जिल्लाबासीका लागि सकारात्मक कुरा भएको र अझै सचेत भई लकडाउनमा बस्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीको भनाई छ। उनले भने –“हामीले अहिले सम्म स्वाब परिक्षणका लागिस्वास्थ्य कार्यालय मार्फत पठाएका ७ जना र जिल्ला अस्पतालबाट पठाएका २ जना गरी ९ जना कै रिपोर्ट नेगेटिभ आएको छ, यो खुसीको कुरा हो तर अझै पनि सचेत बन्न र सावधानी अपनाउन भने जरुरी छ।”
स्वाब संकलन गरी जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका दुवैजनाको स्वास्थ्यमा सुधार आएको भन्दै आज नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...