News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्थानिय सरकाले निर्माण गरेको क्वारेन्टाइमा बसेकाहरु २७ जना घर फर्किए

अबदेखि घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव

नोमराज पौडेल२९ चैत्र, प्यूठान
१०१५ पटक
२९ चैत्र, प्यूठान

जिल्लाका स्थानिय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेका २७ जना ब्यक्तिहरु शनिवार घर फर्किएका छन्। स्वास्थ्य कार्यालय प्यूठानको पलहमा Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका हुन्।
ऐरावति गाउँपालिका मोति माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका १६ जना र स्वर्गद्धारी नगरपालिका ६ झुपाकोटमा बस्दैआएका ११ जना गरि २७ जनामा कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताउनुभयो। उहाँले क्वारेन्टाइनबाट घर फर्किएकाहरुलाई अनुशासन तबरले घरमै बस्न आग्रह गर्नुभयो। समुदायमा कोहि पहिचान नभएका कोरोना संक्रमित बिरामी पनि हुन सक्ने भन्दै सुवेदीले भने–“ घर फर्किएर पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।”
प्यूठानका तिन स्थानिय तह ऐरावति गाउँपालिका , माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका ८६ जना मध्ये २७ जना घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानका बिपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले बताउनुभो। क्वारेन्टाइनमा बसेकाहरुको तालिम प्राप्त अनुभवी ल्याब टेक्निसियन डोर बहादुर खड्काको टोलिले गर्नुभएको छ।
अन्यको पनि परिक्षण गर्ने र यदि नेगेटिभ आएमा घर फर्काइनेछ। यदि (RDT) रिर्पोट पोजेटिभ आएमा कोरोना भाइरस भएको वा नभएको पुष्टि अझैपनि यकिन गर्न सकिने अवस्था रहदैन्। यसको बिरामीलाई क्वारेन्टाइनमा राखेर (VTM) भ्याक्सिन ट्रान्र्सफोटेशन मिडिया मार्फत चेकजाँच गर्नुपर्छ। जिल्लामा स्वास्थ्य कार्यालयका ७ जना र जिल्ला अस्पतालमा आइसोलेशनमा राखेका २ जना गरि ९ जनामै रिपोर्ट निगेटिभ आएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...