News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्थानिय सरकाले निर्माण गरेको क्वारेन्टाइमा बसेकाहरु २७ जना घर फर्किए

अबदेखि घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव

नोमराज पौडेल२९ चैत्र, प्यूठान
१२५५ पटक
२९ चैत्र, प्यूठान

जिल्लाका स्थानिय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेका २७ जना ब्यक्तिहरु शनिवार घर फर्किएका छन्। स्वास्थ्य कार्यालय प्यूठानको पलहमा Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका हुन्।
ऐरावति गाउँपालिका मोति माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका १६ जना र स्वर्गद्धारी नगरपालिका ६ झुपाकोटमा बस्दैआएका ११ जना गरि २७ जनामा कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताउनुभयो। उहाँले क्वारेन्टाइनबाट घर फर्किएकाहरुलाई अनुशासन तबरले घरमै बस्न आग्रह गर्नुभयो। समुदायमा कोहि पहिचान नभएका कोरोना संक्रमित बिरामी पनि हुन सक्ने भन्दै सुवेदीले भने–“ घर फर्किएर पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।”
प्यूठानका तिन स्थानिय तह ऐरावति गाउँपालिका , माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका ८६ जना मध्ये २७ जना घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानका बिपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले बताउनुभो। क्वारेन्टाइनमा बसेकाहरुको तालिम प्राप्त अनुभवी ल्याब टेक्निसियन डोर बहादुर खड्काको टोलिले गर्नुभएको छ।
अन्यको पनि परिक्षण गर्ने र यदि नेगेटिभ आएमा घर फर्काइनेछ। यदि (RDT) रिर्पोट पोजेटिभ आएमा कोरोना भाइरस भएको वा नभएको पुष्टि अझैपनि यकिन गर्न सकिने अवस्था रहदैन्। यसको बिरामीलाई क्वारेन्टाइनमा राखेर (VTM) भ्याक्सिन ट्रान्र्सफोटेशन मिडिया मार्फत चेकजाँच गर्नुपर्छ। जिल्लामा स्वास्थ्य कार्यालयका ७ जना र जिल्ला अस्पतालमा आइसोलेशनमा राखेका २ जना गरि ९ जनामै रिपोर्ट निगेटिभ आएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...