News Portal

रेडियो सुन्नुहोस्

कोरोना संक्रमणको त्रास : अन्य स्वास्थ्य समस्या र बास्तविकता

१४१६ पटक

चीनको वुहान शहरबाट सुरु भै विश्ब्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस संक्रमण २०१९ covid –19 हाल नेपालमा पनि उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरि आवश्यक सुझाव समेत दिएको छ। सोहि सम्बन्धमा नेपाल सरकारले उपप्रधान तथा रक्षा मन्त्रीको संयोजकत्वमा उच्च स्तरिय समिति गठन गरि नियन्त्रण तथा पुर्व तयारी र ब्यवस्थापनका लागि निरन्तर कार्यहरु गर्दै आएको छ। साथै तिनै तहका सरकार अन्य काम तथा प्राथमिकताहरु थाती राख्दै एकजुट भै covid –19 नियन्त्रण तथा प्रतिकार्यमा जुटिरहेकै छन्। ठूला सिमाना तथा बाह्य मुलुकमा रहने नेपालीहरु बिभिन्न बाटो हुँदै नेपाल प्रवेश गरिरहेका छन्। यो दर पछिल्ला दिनहरुमा उच्च रहेको छ। नेपाल सरकारले लगडाउन भनि घोषणा गर्नु पुर्व वा पश्चात पनि अनेकौं नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको घुइँचो देख्न सकिन्छ। उच्च संक्रमण रोग नियन्त्रण गर्न नेपाल सरकारले वा स्वास्थ्य अधिकारीले दिएको निर्देशन पालना गर्नुपर्ने आम जनताको दायित्व हुन आउँछ। र संक्रामक रोग ऐन २०२० पनि बिशेष सजाय र दण्डको समेत ब्यवस्था गरेको छ। कोराना उच्च संक्रामक रोग भएकाले आफु र आफ्नो परिवार तथा समग्र जनताकै स्वास्थ्य स्थितिमा उच्च सर्तकता अपनाउनु आम नागरिकको दायित्व हो। सिद्धान्त अनुरुप घरमै बसी स्वास्थ्यकर आनीबानीको विकास सबल मानसिक स्वास्थ्य तथा सन्तुलित आहार लिई पारिवारिक बातावरणमा रहनु नै अहिलेको बुद्धिमता हुन आउँछ। स्वास्थ्य अधिकारीहरुले पनि सोहि बमोजिम नै सुझाउने गरेका छन्।
हिजो आज अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको चाप उल्लेखनिय नभएता पनि सामान्य श्वास प्रश्वास, ज्वरा,े ,खोकी सम्बन्धी समस्याहरु जुन आम नागरिकका लागि कोरोना भाइरस संक्रमण जस्तै लाग्न सक्दछन्। ति रोगको सजगता र सचेतना बढ्दै गएको सन्दर्भमा जिल्लाभर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसंग परामर्श लिने दर ह्वास्तै बढेको छ। खास गरि यसरी सचेत भई आफ्नो परिवारको र स्वास्थ्यका बिषयमा परामर्श र सुझाव लिनु अत्यन्तै सराहनिय कार्य हो। यसले भोलिका दिनमा आम रुपमा जनस्वास्थ्यप्रति चासोको रुपमा रहेका मुलत ः सर्ने तथा नसर्ने रोगको प्रतिकार्य ब्यवस्थापन र नियन्त्रणमा अघि बढ्न र निरन्तर लागि पर्न तिनै तहको सरकारलाई पृष्ठ पोषण समेत दिई योजना तर्जुमा र निती निर्माणका लागि थप मद्दत पुग्नेछ। साथै आम नागरिकको तहबाट समेत यसै गरि सचेत रहि सजकता पुर्वक स्वास्थ्यको बिषयमा सदैव जागरुक हुन आवश्यक छ।
सामान्य रुघा खोकी,ज्वरो तथा श्वास प्रश्वास सम्बन्धि समस्या (खास गरि मौसमी रुघाखोकी तथा फ्लुको लक्षणहरु हुन्) हाल कोरोनाको संक्रमण मुलत ः आयातित संक्रमण भएकाले स्थानिय रुपमा देखिएका र देखिन आएका यस्ता लक्षणहरु कोरोना संक्रमण नै हुन् भन्न सकिने अबस्था नरहेको र सामान्य लक्षणहरु देखिएमा डराउनुपर्ने,चिन्ता लिनुपर्ने, मानसिक रुपमा बिचलन हुनुपर्ने अबस्था हुँदैन।बरु सजक र सचेत रहि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव अबलम्बन गरि घरमै बस्नु उपयुक्त बिधि हो।
स्वास्थ्य सेवा बिभागको गत आ.ब २०७५।०७६को बार्षिक प्रतिवेदन बिश्लेषण गर्दा नेपालमा बहिरंग तथा अन्तरंग बिभागमा आउने बिरामी तथा सेवाग्राहीहरु अधिकांश यस्तै लक्षणका छन्। खास गरि Upper Respiratory Tract Infection (URTI), Lower Respiratory Tract Infection (LRTI) ,Pyrexia of Unknown Origin (PUO), headache, typhoid fever , Chronic Obstructive Pulmonory Disese कै बिरामीहरु बढि छन्। प्यूठान जिल्लामा गत तिन आर्थिक बर्षको तथ्यांक बिश्लेषण गर्दा URTI सबै भन्दा बढि त्यसै गरि LRTI ,Headache, PUO नै उच्च स्थानमा रहेको छ।
गत आर्थिक बर्ष चैत महिनाको प्यूठान जिल्लाको तथ्यांक बिश्लेषण गर्दा सबै भन्दा बढि URTI का बिरामी १६१८ जनाले सेवा लिएका थिए। त्यस्तै headache का १२३२ जना ARI / LRTI का बिरामी ७९५ जना acutetonsilytis का बिरामी ४०३ जना PUO का बिरामी ३७१ जना pharynsitis / sore thorat का बिरामी १४२ रहेको स्वास्थ्य कार्यालयको छ। यसरी सरसर्ति हेर्दा कोरोना भाइरस संक्रमण नहुँदा र यसरी विश्वब्यापी रुपमा महामारी नहुँदा पनि यस संग मिल्ने र उत्तै प्रकृतिका लक्षणहरु देखाउने बिरामीहरु स्वास्थ्य संस्थामा आईरहेकै हुन्छन्। मौसम परिवर्तन हुने समयमा यो दर उल्लेख्य मात्रामा बढ्ने गर्दछ।
आम नागरिक सचेत सजक रहने भनेको हाललाई खास गरि बाह्य मुलुकबाट नेपाल र जिल्लामा प्रवेश गरेका नागरिकहरु संग नै हो। र उहाँहरु खास आफैले सचेतना अपनाई घरमै बसी सावधानी हुनुनै उत्तम विकल्प हो। साधारण लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य केन्द्रमा परामर्श र राय लिनु नै उत्तम हुनेछ। प्यूठान जिल्लामा पनि करिब ३ हजारको हाराहारीमा भारत लगाएतका अन्य मुलुकहरुबाट आएका नागरिकहरु गाउँ प्रवेश गरेका छन्। सबै स्थानिय सरकारका नेतृत्वमा नामावली संकलन, चिन्ह तथा लक्षणहरुको screening तथा तोकिए बमोजिम परामर्श र होम क्वारेन्टाईनमा राख्ने कार्य गरिएको र करिव ४० जनालाई नगर तथा गाउँपालिकाले तयार गरेको क्वारेन्टाईन केन्द्रमा राखिएको छ। हाल सम्म जिल्लाभर कोभिड १९ संक्रमण गरिएका २ जनालाई isolation मा राख्ने तथा प्रयोगशाला परिक्षणका लागि बुटवल पठाईएकोमा दुवैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।
सबै टोल बस्ती र समुदायका नागरिक सचेत भई सिफारिस गरिएका नियमहरु पालना गरि आफु तथा परिवार र समुदाय हुँदै सिंगो जिल्ला र राष्ट्रमा संक्रमण हुन नदिन सबै जागरुक हौं। सचेत बनौं र सहयोग गरौं। अनावश्यक अफवाहको पछि नलागौं। आधिकारीक श्रोतको सुचना तथा सन्देश मात्र सुन्ने गरौं। ब्यक्ति,परिवार, संघसंस्था,निजि क्षेत्र तथा सर्वपक्षिय दायित्व सम्झि कोरोना संक्रमण नियन्त्रण, रोकथाम र ब्यवस्थापनमा लागि परौं अनावश्यक टिकाटिप्पणी तथा बिश्लेषण गर्नुभन्दा पनि आफुले निर्भाह गर्नुपर्ने दायित्वको बिषयमा बढि गम्भिर सचेत बनौं। अबको हप्ता सम्म संयमित बनौं र नेपाल सरकारलाई सहयोग गरौं।
स्वास्थ्य कार्यालय प्यूठानका कार्यालय प्रमुख बिशाल सुवेदीसंग पत्रकार दीपा पौडेलले गरेको कुराकानीको सम्पादित अंश।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...