News Portal

रेडियो सुन्नुहोस्

पिपिई जुटाउँदै दिनरात खटिन्छन् प्यूठान अस्पतालका स्वास्थ्यकर्मी

सिखबर संवाददाता३ वैशाख प्यूठान
११३३ पटक
३ वैशाख प्यूठान

प्यूठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्।
कोरोना संक्रमणको विश्वब्यापी सन्त्रासका बिच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानिय स्तरमा आफैले बनाएको पिपिईको प्रयोग गरेर अहिले सेवा दिईरहेका छन्।ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नहुँदा डर लाग्ने हुन्थ्यो तर अहिले पिपिई छन् ओपिडिमा रहेका मेडिकल अधिकृत डा. क्षितिज नेपालीले भने–“ सुरक्षा सामग्रीको प्रयोग गरेर हामीले सेवा दिईरहेका छौ अहिले हामीले आफैले निर्माण गरेका पिपिई प्रयोग गरेका छौंं,यो हाम्रो धर्म र दायित्व पनि हो , गुणस्तरिय पिपिईको अभाव छ।”
ओपिडिमा बिरामीहरुको चेकजाँच गरिरहेका डा. नेपालीले जिल्लामा आजसम्म प्रभावकारी ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नभएको गुनासो समेत गरे।
अस्पतालमा कार्यरत नर्सिङ अधिकृत राधा के.सीले अन्य समयमा भन्दा बढि डेलिभेरीका बिरामीहरु आउने गरेको भन्दै ब्यक्तिगत सुरक्षा सामग्री( पिपिई) को अभावले गर्दाले आफुहरुलाई सेवा दिदा त्रास महसुस हुने बताईन्। यस्तो संकटमा राज्यले स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री प्रर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने भन्दै अस्पतालको नर्सिङ इन्चार्ज समेत रहेकी के.सीले भनिन्–“ स्थानिय रुपमा सिलाएका सामग्री भन्दा पनि राम्रो गुणस्तरिय पिपिई भएको भए अझ सहजिलो हुन्थ्यो।” उनले सेवा नै धर्म हो भन्ने मनोभावनाले काम गरिरहेको बताउनुभयो। आफुहरुको सुरक्षामा पनि सरकारले ध्यान दिएमा रातदिन खटेर भएपनि ढुक्कका साथ काम गर्ने वातावरण सिर्जना हुने के.सीको भनाई छ। के.सीका अनुसार शल्यक्रिया सेवा समेत प्रदान हुने जिल्ला अस्पताल बिजुवारमा अहिले दैनिक जसो ५ देखि ७ जना सुत्केरी हुने गरेका छन्।
लकडाउनको समयमा जिल्ला अस्पताल बिजुवारमा अहिले दैनिकजसो ४०÷४५ जना बिरामीहरु आउने गर्छन् भने ति मध्ये २ देखि ४ जनासम्म मात्र रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको अस्पतालका सुचना अधिकृत राजन घिमिरेले जानकारी दिए।
श्रोत र साधनको अभावको बीचमा सेवा दिने प्रयास गरिरहेको जिल्ल्ला अस्पताल प्यूठानका प्रमुख डा. अमृत पन्थी बताउँछन्। डा. पन्थीले रुघाखोकी र ज्वरोका बिरामीको उपचारको लागि छुट्टै कक्ष बनाएर सेवा दिइरहेको भन्दै यस्ता बिरामीको चेकजाँच र औषधी समेत निशुल्क उपलब्ध गराईएको जानकारी दिए । कोेरोना भाइरससंग मिल्ने लक्षण देखिए र आशंका लागेमा उपचारको लागि चार वटा आइसोलेसन बेड तयार गरिएको उनको भनाई छ ।
दिर्घरोगीहरुका लागि घरबाटै सिधै डाक्टरहरुसंग परामर्श गर्नका लागि जिल्ला अस्पताल प्यूठानले १६६०८६४२६४३ नम्बर रहेको टोल फ्रि को व्यवस्था समेत गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...