मुख्यमन्त्री शंकर पोख्रेलले घरजान भनेर विभिन्न स्थानवाट प्रदेश ५ मा आएका नागरिकलाई नजिकैको क्वारेन्टाईनमा वस्न अनुरोध गर्नुभएको छ।
प्रहरिको सहयोगमा नजिकैको क्वारेन्टाईनमा वस्न मुख्यमन्त्रीले अनुरोध गर्नुभएको हो। सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भन्नुभएको छ-“घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ।”