News Portal

रेडियो सुन्नुहोस्

वास्तविक पिडितहरुले राहत पाउने वातावरण बनाउन प्रेस संगठन प्यूठानको आग्रह

खाना बस्न कुनै समस्या पत्रकारलाई हुन नदिने बिज्ञप्ती मार्फत जानकारी

सिखबर संवाददाता ६ वैशाख
१२५६ पटक
६ वैशाख

प्यूठान, प्रेस संगठन नेपाल जिल्ला शाखा प्यूठानले लकडाउनका बेला स्थानिय सरकारले वितरण गरिरहेको राहतलाई वास्तविक पिडितले पाउने गरि वितरण गर्न आग्रह गरेको छ।
संयोजक नोमराज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा राहत वितरण न्यायोचित र वास्तविक पिडित सम्म पुग्ने वातावरण तयार गरि वितरण गर्न आग्रह गरेको छ। साथै राहत वितरण गर्दा स्थानिय सरकारले अन्य सरोकारवाला निकाय संग समन्वय गर्न अपिल गरिएको छ।
स्थानिय सरकाले सुचनालाई एकद्धार प्रणालीबाट सम्प्रेषण गरि पत्रकारहरुलाई छिटो छरितो रुपमा सुुचना पाउने वातावरण मिलाउन समेत बिज्ञप्ती मार्फत आग्रह गरिएको छ।
जिल्लाका पत्रकारहरुलाई लकडाउनका बेला समाचार सम्प्रेषण र लेखनमा कुनै समस्या आएमा संगठनले समाधान गर्न पहल गर्ने र खाना बस्न वा अन्य कुनै समस्या परेमा समाधान गर्ने भन्दै पत्रकारहरुलाई निर्धक्कका साथ सुरक्षित भएर कलम चलाउन आग्रह गरेको छ।
बिज्ञप्ती मार्फत नागरिकको लागि खटेर सुचना प्रवाह गर्ने सम्पुर्ण जिल्लाका श्रमजीवी पत्रकारहरुलाई धन्यबाद दिएको छ। साथै पत्रकारिताका आधारभूत मान्यतालाई आत्मसाथ गर्दै सत्य तथ्य बिषयलाई अझै प्रभावकारी रुपमा प्रस्तुत गरि नागरिकको पहरेदारको रुपमा स्थापित हुन आग्रह गरिएको छ। संगठनले पत्रकारहरुलाई आर्थिक समस्या पर्न सक्ने तर्फ सचेत बनाउँदै समयमै तलव दिन मिडिया संचालकहरुलाई आग्रह गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...