News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ११ जनाको आरडिटी नतिजा पोजेटिभ देखियो

सिखबर संवाददाता३० वैशाख, प्युूठान
९६२ पटक
३० वैशाख, प्युूठान

प्यूठान जिल्लामा आज गरिएको आरडिटी परिक्षणमा एघार जनाको नतिजा सकारात्मक(पोजेटिभ) देखिएको छ ।

प्यूठान नगरपालिकाको मरन्ठाना स्थित क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलामा आरडीटी परिक्षणको क्रममा नतिजा पोजेटिभ देखिएको हो ।

११ जनामा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका दधिराम सुवेदीले जानकारी दिनुभयो ।

यसअघि प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलमा रहेका दुई जनामा आरडीटी पोजेटिभ देखिएपनि पीसीआरको रिर्पोट नेगेटिभ आएको थियो।

कोरोना संक्रमण पोजेटीभ भए-नभएको पुष्टि हुनका लागि पिसिआर परिक्षणको नतिजा पर्खनुपर्ने स्वास्थ्यकर्मिहरु वताउछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

फूलसंगै फक्रिएको चेतकलाको खुशी

तिहार नजिकिएसंगै बारीमा फूलेकालले चेतकलाको मनमा खुशी ल्याएको छ । माण्डवी गाउँपालिकाले पुष्प खेती कार्यक्रम...

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ...

स्वर्गद्वारी बहुमुखी क्याम्पसको साधारणसभा सम्पन्न

स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको १३ औँ साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साधारणसभाबाट क्याम्पसको आगामि...

विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा

लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ। २०७२ सालदेखि निर्माण सुरु गरेर...

आजको राशिफल: २०८१ कार्तिक १५ बिहिवार

मेष आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा...