News Portal

रेडियो सुन्नुहोस्

बन्दाबन्दीले दिएको सुत्केरीको पिडा

दीपा पौडेल १२ जेठ २०७७
१३१९ पटक
१२ जेठ २०७७

प्यूठान, काखमा २८ दिने दुधे वालक छन्। महिना दिन नपुगेकी सुत्केरी कामनाको मुहार मलिन छ। भर्खरका युवा श्रीमान निन्याउरो र चिन्तित मुद्रामा अस्पतालको बेडको छेउमा संगै देखिन्छन्।
प्युठानको गौमुखी गाउँपालिका वडा नं. २ अर्खा निवासी ज्ञान बहादुर राना आफ्नो २८ दिनको बिरामी सुत्केरी श्रीमती कामना रानालाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको हो।
सुत्केरी श्रीमतीको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवारमा आईपुगेका ज्ञानबहादुरलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ। नत उनी संग उपचार गर्ने पैसा नै छ नत एक छाक गाँसको व्यवस्था गर्ने उपाय नै छ।
प्युठानको बाग्दुलामा ज्यामी काम गर्दै आउनुभएका ज्ञानबहादुरले कोभिड १९ का कारण काम गर्न पाउनुभएको छैन्। बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरुलाई दैनिक छाक टार्न समेत मुस्किल परिरहेको छ। त्यसै माथि सुत्केरी भएको महिना दिन नपुगेकी श्रीमती बिरामी पर्दा झनै पिडा थपिएको छ।
जिल्ला अस्पताल बिजुवारमा कार्यरत नर्सिङ इन्चार्ज राधा के.सीले अल्टा«साउण्ड गर्न विल काट्न लगाएपछि उनीहरुले पैसा नभएर विल काट्न सकेनन्।
अस्पतालमा यस्तो विरामी त धेरै आउँछन् तर एक महिनाको सुत्केरीको उपचारको लागि चार पाँच सय रुपैयाँ समेत नभएर तड्पिएको देख्दा असाध्यै मन खिन्न हुन्छ नर्स के.सीले भन्नुभयो–“ औषधीको पैसा नर्सिङ स्टाफ मिलेर मिलाउने सोचेका छौं।” बिरामी कामनाको स्तनमा समस्या भएको र चिन्ताले मानसिक समस्या समेत देखिएको नर्स के.सीले बताउनुभयो।
जिल्ला अस्पतालमा ५ दिन देखि भर्ना भई उपचार गराईरहेकी सुत्केरी कामनाले राम्रो पोषणयुक्त खाना खाने कुरा त परै जाओस घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ। काखमा २८ दिनको छोरा च्यापेकी कामनाले आँखाभरि आँसु लिदै भन्नुभयो–“ एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने पनि भाडा समेत छैन ,कसरी जाने।”
ज्यामी काम गर्ने ज्ञानबहादुरले काम गर्ने ठाउँबाट काम गरेको पुरै पैसा पनि नपाएको बताउनुहुन्छ। उनीहरुलाई कोभिड – १९ को सन्त्रास भन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता वढी छ। प्रेम विवाह गरेका ज्ञानबहादुरको घरमा परिवारिक सहयोग नभएको बताउनु हुन्छ। बन्दाबन्दीले काम गर्न नपाउँदा आफुलाई घरखर्च चलाउन निकै समस्या परेको उहाँले बताउनुभयो।
सानै उमेरमा विवाह गरी बच्चा जन्माएकी कामनाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डा. सुनिल सुनारले जानकारी दिनु भयो । सुत्केरी अवस्थामा पनि घर परिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घर रोल्पा जान आफुले चाहेको कामनाको भनाई छ। माइती घर जाने व्यवस्था मिलाईदिन कामनाले आग्रह समेत गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...