News Portal

रेडियो सुन्नुहोस्

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो

सिखबर संवाददाता१६ जेठ २०७७
१०६७ पटक
१६ जेठ २०७७

नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएका देशका विभिन्न जिल्लाका छन्। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमण देखिएका थप १ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको मृत्यु भएको हो। नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...