News Portal

रेडियो सुन्नुहोस्

बन्दाबन्दीमै हुर्कीय वारीभरी तरकारी

गिरुप्रसाद भण्डारीअसार १२, प्यूठान
१२८७ पटक
असार १२, प्यूठान

­प्यूठान नगरपालिका ३, स्थित बिजयनगर रातामाटाका स्थानीय बन्दाबन्दीको सदुपयोग गर्दै व्यवसायीक तरकारी खेतीमा जुटेका छन् । पहिले घरको उपयोगको लागि मात्र तरकारीखेति गर्ने स्थानीय बन्दाबन्दीको कारण फुर्सदीलो भएपछि समयको सदुपयोग गर्दै बजारसम्म पु¥याउनेगरि बारीका पाटाभरी बर्खे तरकारी लगाएका छन् । उनीहरुले लगाएको तरकारी बन्दाबन्दीकै अवधिमै हुर्कीयर बजारमा बिक्रि गर्न थालिसकेका छन् ।

विभिन्न पेसा व्यवसाय गर्नेहरु फुर्सद भएपछि सबैजना तरकारी खेतिमा लागेको स्थानीय मधुसुदन गौतमले बताए । गौतम यातायात व्यवसायी हुन् । उनले प्यूठानबाट काठमाडौ रात्री बस चलाउथे । उनले बस चलाउन छाडेको पाँच महिना भएको बताए । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दी चाडै नखुल्ने अनुमान लगाएपछि गाउँभरका स्थानीय भेलाएर सबैले तरकारी खेतिगर्ने सल्लाह गरेको गौतमले बताए । ‘यसरी घरमा बस्ने पहिले कहिल्यै फुर्सद हुदैनथ्यो,’गौतमले भने, ‘यसपालि घरमा बस्ने फुर्सद भो । मकै लगाउने बारीका पाटाभरी परिवारको सहयोगमा बर्खे तरकारी लगाएको हुर्कीसके ।’ उनले बैशाखमा लगाएका वभिन्न जातका बर्खे तरकारीले उत्पादन दिन सुरुगरेको बताए । राम्रोसंग खनजोत गरे लगाएको तरकारी गोड,मेल र रेखदेख गर्न पाइएकाले राम्रोसँग सप्रेको गौंतमले बताए ।
केहि वर्ष पहिले यहीकै स्थानीयले नागबेली बहुउदेश्यि कृषि सहकारी संस्था समेत गठन गरेका थिए । तर, अन्य कामले फुर्सद नभएकाले उनीहरुले तरकारीखेति गर्ने कुरालाई प्राथामिकता दिएका थिएनन् । अहिले उनीहरु यही सहकारी मार्फत तरकारी खेतिमा लागेका हुन् । सहकारीमा २७ जना स्थानीय आवद्ध भएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । उनी वैदेशिक रोजगारिबाट केहि वर्ष अघि नेपाल फर्केका हुन् । ईजराइलमा रहदा कृषिमा सिकेको सीप यहाँ सदुपयोग गरेको पाण्डेले सुनाए । उनले छिमेकीहरुलाई तरकारीखेति गर्ने तरीका सीकाउने गरेको बताए । सहकारी मार्फत तरकारी पकेट क्षेत्र अन्तर्गत गाउ“भरमा ३६ वटा टनेलमा टमाटर र ५० रोपनी भन्दा बढि खाली जमिनमा सिमी बोडी, खुर्सानी, धनियाँ, मूलालगायत तरकारी लगाएको पाण्डेले बताए । यहाँका स्थानीयललाई कृषि ज्ञान केन्द्र दाङले प्राविधिक र आर्थिक सहयोग गरेको छ ।

निजामती सेवा, शिक्षण, व्यापार व्यवसायलगायत विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सबै यसपाली तरकारी खेतिमा लागेको उनले बताए । ‘बिजुवार रातामाटा क्षेत्रको बजारमै दैनिक ५÷७ जिप तरकारी दाङ,कपीलबस्तुलागयत बाहिरी जिल्लाबाट भित्र्ने गरेको छ’,उनले भने,‘हाम्रो उदेश्य उताबाट आउने तरकारीलाई विस्थापन गर्ने हो ।’ हिजोआज दैनिक एक÷दुई गाडि तरकारी निश्कनेगरि गाउ“भरी तरकारी मौलाएको पाण्डेले बताए । कृषकहरुको तर्फबाट १४ लाख २५ हजार र कृषि ज्ञान केन्द्र दाङले १४ लाख ३ हजार रुपैयाँ यहाँको तरकारी खेतिमा लगानी भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । यो रकमले स्थानीयले घरघरमा टनेल, लिप्ट सिंचाइ पूर्वाधार निर्माण, विउ,विषादी, सुश्मतत्व, ट्यांकी, सिंचाइपाइप, मोटर लगायतमा खर्च गरेको श्रेष्ठले बताए । ‘रातामाटाका स्थानीयले बन्दाबन्दीमा अरुलाई नमुना हुनेगरि तरकारीखेति गरेका छन्,’उनले भने,‘केन्द्रको उनीहरुलाई थप हसयोग गर्दै जाने योजना छ ।’

गिरुप्रसाद भण्डारी/कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...