News Portal

रेडियो सुन्नुहोस्

बन्दाबन्दीमै हुर्कीय वारीभरी तरकारी

गिरुप्रसाद भण्डारीअसार १२, प्यूठान
१३९५ पटक
असार १२, प्यूठान

­प्यूठान नगरपालिका ३, स्थित बिजयनगर रातामाटाका स्थानीय बन्दाबन्दीको सदुपयोग गर्दै व्यवसायीक तरकारी खेतीमा जुटेका छन् । पहिले घरको उपयोगको लागि मात्र तरकारीखेति गर्ने स्थानीय बन्दाबन्दीको कारण फुर्सदीलो भएपछि समयको सदुपयोग गर्दै बजारसम्म पु¥याउनेगरि बारीका पाटाभरी बर्खे तरकारी लगाएका छन् । उनीहरुले लगाएको तरकारी बन्दाबन्दीकै अवधिमै हुर्कीयर बजारमा बिक्रि गर्न थालिसकेका छन् ।

विभिन्न पेसा व्यवसाय गर्नेहरु फुर्सद भएपछि सबैजना तरकारी खेतिमा लागेको स्थानीय मधुसुदन गौतमले बताए । गौतम यातायात व्यवसायी हुन् । उनले प्यूठानबाट काठमाडौ रात्री बस चलाउथे । उनले बस चलाउन छाडेको पाँच महिना भएको बताए । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दी चाडै नखुल्ने अनुमान लगाएपछि गाउँभरका स्थानीय भेलाएर सबैले तरकारी खेतिगर्ने सल्लाह गरेको गौतमले बताए । ‘यसरी घरमा बस्ने पहिले कहिल्यै फुर्सद हुदैनथ्यो,’गौतमले भने, ‘यसपालि घरमा बस्ने फुर्सद भो । मकै लगाउने बारीका पाटाभरी परिवारको सहयोगमा बर्खे तरकारी लगाएको हुर्कीसके ।’ उनले बैशाखमा लगाएका वभिन्न जातका बर्खे तरकारीले उत्पादन दिन सुरुगरेको बताए । राम्रोसंग खनजोत गरे लगाएको तरकारी गोड,मेल र रेखदेख गर्न पाइएकाले राम्रोसँग सप्रेको गौंतमले बताए ।
केहि वर्ष पहिले यहीकै स्थानीयले नागबेली बहुउदेश्यि कृषि सहकारी संस्था समेत गठन गरेका थिए । तर, अन्य कामले फुर्सद नभएकाले उनीहरुले तरकारीखेति गर्ने कुरालाई प्राथामिकता दिएका थिएनन् । अहिले उनीहरु यही सहकारी मार्फत तरकारी खेतिमा लागेका हुन् । सहकारीमा २७ जना स्थानीय आवद्ध भएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । उनी वैदेशिक रोजगारिबाट केहि वर्ष अघि नेपाल फर्केका हुन् । ईजराइलमा रहदा कृषिमा सिकेको सीप यहाँ सदुपयोग गरेको पाण्डेले सुनाए । उनले छिमेकीहरुलाई तरकारीखेति गर्ने तरीका सीकाउने गरेको बताए । सहकारी मार्फत तरकारी पकेट क्षेत्र अन्तर्गत गाउ“भरमा ३६ वटा टनेलमा टमाटर र ५० रोपनी भन्दा बढि खाली जमिनमा सिमी बोडी, खुर्सानी, धनियाँ, मूलालगायत तरकारी लगाएको पाण्डेले बताए । यहाँका स्थानीयललाई कृषि ज्ञान केन्द्र दाङले प्राविधिक र आर्थिक सहयोग गरेको छ ।

निजामती सेवा, शिक्षण, व्यापार व्यवसायलगायत विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सबै यसपाली तरकारी खेतिमा लागेको उनले बताए । ‘बिजुवार रातामाटा क्षेत्रको बजारमै दैनिक ५÷७ जिप तरकारी दाङ,कपीलबस्तुलागयत बाहिरी जिल्लाबाट भित्र्ने गरेको छ’,उनले भने,‘हाम्रो उदेश्य उताबाट आउने तरकारीलाई विस्थापन गर्ने हो ।’ हिजोआज दैनिक एक÷दुई गाडि तरकारी निश्कनेगरि गाउ“भरी तरकारी मौलाएको पाण्डेले बताए । कृषकहरुको तर्फबाट १४ लाख २५ हजार र कृषि ज्ञान केन्द्र दाङले १४ लाख ३ हजार रुपैयाँ यहाँको तरकारी खेतिमा लगानी भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । यो रकमले स्थानीयले घरघरमा टनेल, लिप्ट सिंचाइ पूर्वाधार निर्माण, विउ,विषादी, सुश्मतत्व, ट्यांकी, सिंचाइपाइप, मोटर लगायतमा खर्च गरेको श्रेष्ठले बताए । ‘रातामाटाका स्थानीयले बन्दाबन्दीमा अरुलाई नमुना हुनेगरि तरकारीखेति गरेका छन्,’उनले भने,‘केन्द्रको उनीहरुलाई थप हसयोग गर्दै जाने योजना छ ।’

गिरुप्रसाद भण्डारी/कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...