News Portal

रेडियो सुन्नुहोस्

नेकपा निकट युवा विद्यार्थीहरुको भेला सम्पन्न

सिखबर संवाददाता२० श्रावण, प्यूठान
१४६९ पटक
२० श्रावण, प्यूठान

झिमरुक गाँउपालीकामा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) निकट अगुवा युवा तथा विद्यार्थी हरुको भेटघाट सम्पन्न भएको छ। गाँउपालिका स्तरिय भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर के.सी. ले वताउनु भयो।

कार्यक्रममा वोल्दै नेकपा प्रदेश कमिटी सचिवालय सदस्य पित वहादुर एम सि ले नयाँ समृद्ध नेपालको निर्माणको जिम्मेवारी जनताले नेकपालाई दिएको हुँदा पार्टीलाई एकतावद्ध गरेर उक्त जिम्मेवारी पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी सवल र सक्षम रहेको वताउनु भयो।

लिला जि‍ सि को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य कमला रिजाल, झिमरुक ईन्चार्ज हुकुम वहादुर खडका, गाँउपालीका स‌ँगठन कमिटी अध्यक्ष झग वहादुर जि.सी, सचिव ललित वहादुर वस्नेत, प्रदेश स्कुल विभाग सदस्य मिलन एम.सी., जिल्ला कमिटी सदस्य तथा वडाअध्यक्षहरु ध्रुव खनाल र तुलस वस्नेत अनेरास्ववियू केन्द्रिय सदस्य सुमनराज श्रेष्ठ, जिल्ला संयोजक जाल वहादुर के.सी लगायतको आथित्यता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...