News Portal

रेडियो सुन्नुहोस्

चर्चित ड्रागन फ्रुट खेती कसरी गर्ने?

नोमराज शर्मामितिः २०७७/०६/०८
९८५ पटक
मितिः २०७७/०६/०८

नेपाल एक कृषि प्रधान देश हो ।करिब ६६ प्रतिशत मानिसहरु कृषिमा आत्मनिर्भर भएको हाम्रो देशमा कृषिमा भने बल्ल ब्याबसायिकरण र आधुनिकिकरण हुँदै गरेको छ। देशको विभिन्न भागमा विभिन्न प्रबिधिको बिकास हुँदै नयाँ जात र नयाँ नयाँ प्रबिधिको बिकास पनि हुँदै गैरहेको देख्न सकिन्छ। नयाँ प्रबिधि र नयाँ खेती प्रति चासो बढी हुनु पनि सामान्य पनि हो । यसरी प्रविधि र खेतिको विकास हुँदै जानी क्रममा हाल धेरै युबा कृषकको चासोको खेती बनेको छ ड्रागन फ्रुट अर्थात सिउडी फल। सामान्यतया ड्रागन फ्रुट खेतिको सामान्य खेती प्रबिधिको चर्चा गरौ।।
ड्रागन फ्रुट एक प्रकारको सिउडी
(cactos) प्रजातिको बिरुवा हो। यसलाई पितया (pitaya) को नामले पनि चिनिन्छ। यसको काण्ड कमजोर हुने हुदाँ यसलाई आधारको आबश्यता पर्दछ। यसको लहरा ड्रागनको जिब्रो जस्तो हुने हुदा यसलाई ड्रागन फल भनिएको हो ।यसको फल यसो हेर्दा प्याजको गानो जस्तो १–२ पत्र भएको बोक्रा भित्रको गुदि बास्नादार रातो तथा कुनै कुनै जातको सेतो ,बैजनी , र पहेंलो हुन्छ। यसको फलको स्वाद गुलियो तथा अमिलोपन मिश्रण भएको हुन्छ । यसको स्वाद मन पराउनेहरुले ड्रागन फ्रुटलाई भगवानको उपहार समेत भन्ने गर्दछ्न यहा निकै मन पराउदछ्न। सामन्यतया फलको तौल २०० ग्राम देखि १.२ के जि सम्म हुने गर्दछ। यसको खेती खास गरि थाइल्यान्ड ,चाइना , भियतनाम , इन्डोनिसिया , ताइवान, जापान, कोरिया तथा दक्षीण अमेरिकी मुलुक कोलम्बिया , मेक्सिको , ब्राजिल आदिमा गरिरहेको पाइन्छ ।यसको फुल रातिमा फक्रने भएको हुदा यसलाइ रातकि रानी (queen of the night, lady of the night , moon flower ) भन्ने गरिन्छ । यसले एक पटक बिरुवा लगाएपछि १०देखि १२ बर्षसम्म उत्पादन दिने गर्दछ ।मध्य तथा दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र यस्को उद्यगम स्थल मानिन्छ ।जापानको ओकिनावा प्रिफेक्चरमा सहकारी तालिमको शिलसिलामा अध्ययन भ्रमणमा सहभागि हुदा त्यस क्षेत्रका कृषकहरुले ग्रिनहाउस भित्र र खुला क्षेत्रमा समेत यस्को खेतिव्यापक रुपमा गरेको पाईयो । त्यो क्षेत्रमा सन् १९८० को दशकवाट यस्को खेति गरिदै आएको पाईन्छ।
त्यहाको किसानको लागि यो राम्रो आम्दानीको श्रोत मानिन्छ । पछिल्लो समय जग्गा नभएका तथा महँगो भएका ठाउँमा घरको छत, आँगनमा गमला राखि खेति गर्ने प्रचलन बढ्दै गएको छ । आज भन्दा १७,१८ वर्ष अगाडि सन् २००२ मा ड्रागन फल विज्ञ तथा कृषि विद डा.जगन्नाथ राई ले भियतनाम बाट ड्रागन फलको बिरुवा ल्याएर नेपालमा पहिलो पटक खेति गर्नुभएको थियो । त्यस पछिअहिले नेपालका करिब ४०भन्दा बढि जिल्लामा यसको खेति हुन थालेका छ । काठमान्डौंका कौशी देखि दाङ्गको उर्वर माटो सम्म पुर्व निजामति कर्माचारी देखि पूर्व मन्त्री सम्मकाले यसको व्यवसायिक खेती गर्न थालेका छन् ।
ड्रागन फलको महत्व
यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ । यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउनुका साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।
· दम तथा कफका रोगीलाई फाइदाजनक मानिन्छ ।
· भिटामिन सी, प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्दछ ।
· स्को फलमा भिटामिन वि वान, वि टु, वि थ्रि पाउनुको साथै वहुभिटामिनको श्रोत मानिन्छ र भोक जगाउन सहयोग गर्दछ।
· यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउनुका साथैयसमा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ ।
· यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ ।
· रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेहका विरामीलाई यस्को नियमित प्रयोगले ठिक गर्छ ।
· यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पेयपदार्थ,सौन्दर्य प्रदायक तथा स्वास्थ्य वद्र्धक खाद्य पदार्थ उत्पादन सम्बन्धि उद्योगमा यस्को प्रयोग हुने गर्द्छ । यसमाCalories, protein,carbohydrates, fiber, iron, magnesium, vitamin C and E आदि पाइन्छ ।
माटो:
यस्को खेतिको लागि निकासयुक्त, प्रशस्त मात्रामाप्रांगारिक पदार्थ भएको वलौटे दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ ।
हावापानी:  यो एक प्रकारको उष्ण प्रदेशिय हावा पानीमा हुर्कने विरुवा हो । उचाई, तापक्रम, माटो तथा हावापानीको आधारमा हेर्दा नेपालको पुर्वि तथा मध्य तराइ देखि मध्य पहाडी क्षेत्र सम्म यस्को खेति गर्न सकिन्छ । यो प्रजातिको विरुवा वर्षभरी एकनासको पानी पर्ने र पुर्णरुपमा सूर्यको प्रकाश लाग्ने स्थान यस्को लागि उपयुक्त मानिन्छ । प्रकाश कम परेको अवस्थामा विरुवाको बृद्धि विकास कम भएर जान्छ ।यस्को खेति समुन्द्र सतहवाट १०० देखि ८०० मिटर उचाई सम्मको क्षेत्रमा व्यवसायिक रुपमा गर्न सकिन्छ तर ड्रागनफल विज्ञ डा. जगन्नाथ राई का अनुसार समुन्द्र सतहवाट ४००० – ४५०० फिट उचाईसम्म यसको खेति गर्न सकिने बताउनुभएको छ ।
ड्रागन फलको खेति गरिने मुख्य प्रजातिहरु:
१. बोक्रा रातो, गुदी सेतो र रातो हुने जात
१.१. हाईलोसेरिएस अनडाटस ःअनडाटस
– ठुलो फल भएको, वास्नादार, रातमा फुल्ने ।
– फलको तौल १ के.जी वा सो भन्दा वढि हुने ।
– फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको ।
– काण्डमा साना मसिनो काँडा हुन्छ ।
१.२. हाईलोसेरिएस पोलिराइजस
– फलको तौल १ के.जी.सम्म हुन्छ ।
– वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको ।
– काण्डमा अलि अलि काँडा हुन्छ ।
२. बोक्रा पहेलो, गुदी सेतो हुने जात
२.१. हाईलोसेरिएस मेगालान्थस:
– फल केहि सानो पहेलो हुन्छ ।
– वोक्रा भित्र गुदि सेतो, विया मसिनो कालो हुन्छ ।
– फलको स्वाद केहि वढि गुलियो ।
– यसमा Heart tonic captine पाईन्छ ।
जमिनको तयारी तथा विरुवा रोप्ने तरिका
विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा पं्रागारिक मल मिसाई माटो हल्का वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २.५ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ ।यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ८००० विरुवा र २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा
जस्तै पोलहरुलाई डोरी वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १.५ मिटर सम्म हुन्छ।
विरुवा अडयाउने पोल पनि त्यसै अनुसारको दिनु पर्दछ । पोललाई ५० से.मि. गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से.मि. फरक पर्ने गरी २÷४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से.मि. गहिराईमा र कटिड. विरुवा रोप्दा भने पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । विरुवा सारी सकेपछि हल्का सिचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।
विरुवा प्रशारण तरिकाः
यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ । २५—३० से.मि. लामो काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, प्रंगारिक मलको(१ः१ः१)मिश्रण बनाई कालो पोलि व्याग(९×१३) भर्नु पर्छ र विरुवा राप्नु पर्छ ।नर्सरीमा विउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।
बिरुवा रोप्ने समय:
Dragon Fruit गर्मीयाममा लगाइन्छ । नर्सरीमा हुर्काइसकेको बिरुवा असोज देखि मंसिर भित्र रोपी सक्नुपर्छ ।
मलखाद्य व्यवस्थापन:
विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७–१० के.जी. राम्ररी कुहिएको गोवर मल १००–२०० ग्राम वोकासि मल र ३० ग्राम डि.ए.पि, २५ ग्राम म्युरेट अफ पोटास मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भनेविरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि(डिसेम्वर देखि मार्च सम्म) मल दिन बन्द गर्नु पर्छ ।वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ । तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ ।प्रत्येक वर्ष एक वा दुई वर्षको विरुवाको लागि नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास मल दिनु पर्दछ । त्यसैगरी ३ वर्षे विरुवाको लागि नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००–५०० ग्राम पोटासप्रति वोटमा दिनु पर्दछ ।
विरुवा ४ वर्षको लागे पछि नाइट्रोजन ८००–१००० ग्राम, फसफोरस ४००–५०० ग्राम र पोटास ५००–८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।
काँटछाट:
खासगरी विरुवाको सामान्य अवस्था हेरी विरुवामा के कस्तो आकार दिने हो सोही अनुसार उचगलष्लन गर्नु पर्दछ । यसलाई विचमा खुला तथा छाता जस्तो आकार वनाउनु उपयुक्त हुन्छ ।
सिंचाई तथा निकास प्रवन्धः
यस्को वोटको वृद्धि अनुसार पानीको आवश्यकता वढ्दै जान्छ । फलको विकास भइ रहेको समयमा पानीको अभाव हुनु हुदैन । तर वोटको फेदमा पानी जमेमा जरा कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५–७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो ।धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो  । तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्थागर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ । भरखर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ । ड्रागन फलको सिचाईका लागि थोपा सिंचाई प्रविधि उपयुक्त मानिन्छ ।
रोग किरा
यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । मित्रजिवको संरक्षण र शत्रुजिवको व्यवस्थापनका लागि क्ष्एः का विभिन्न विधि अपनाउन सकिन्छ । माटो भित्र बस्ने किराको लागि क्लोरोपाईरीफस प्रयोग गर्न सकिन्छ । रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादि कपर अक्सिक्लोराईड, डाइथेन एम –४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ । फल तयार हुन लागे पछि कम्तिमा १५—२० दिन अगाडीवाट विषादि छर्न बन्द गर्नु पर्छ ।
उत्पादन:
फल तयार भई सके पछि फलसंग जोडिएको टर्मिनल पेटल रातो भएर जान्छ र फलको तलको भाग सुनिएको जस्तो देखिन्छ । पहिलो चक्रको वालीको तयारी व्गल– यअतयदभच र दोस्रो चक्रको वालीJun– october मा तयारी हुन्छ ।ड्रागनको फल, फूल लागेको ३०—५० दिनमा तयार हुन्छ । प्रति वर्ष ५–६ वाली चक्रको फसल लिन सकिन्छ । फललाई ५ डिग्री सेल्सियस, तापक्रम र ९०५ सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिन्छ । पहिलो वर्षमा प्रति पोल ८–१० वटा फल लाग्दछ ।
मुख्य सिजनको रुपमा असोज–फाल्गुन चक्रलाई मानिन्छ । ड्रागन (सिउडी) फलको उत्पादन प्रति रोपनी २५०–३०० के.जी सम्म हुने गर्दछ । विरुवामा १.५– २ वर्ष पछि फल लाग्न सुरु गर्दछ । एक पटक लगाएको विरुवाले १५–२० वर्ष सम्म फल दिन सक्दछ।

लिस्ने जनसञ्चार साप्ताहिकको २०७७/०६/०६ को अंकमा प्रकाशित

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...