News Portal

रेडियो सुन्नुहोस्

प्युठानको स्वास्थ्य क्षेत्र सुधार उन्मुख

नोमराज पौडेल
१५१२ पटक

केहि समय अस्तब्यस्त भएको प्युठानको स्वास्थ्य क्षेत्र केहि सुधार उन्मुख हुन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा समेत प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई उल्लेख गरेको छ।
जिल्लाको एक मात्र जिल्ला अस्पताल बिजुवार प्युठानलाई २०७२ माघ २० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार १५ शैय्याबाट ५० शैय्याको अस्पतालमा स्तरउन्नती भएता पनि सेवासुविधाहरु ५० शैय्याको अस्पतालको मापदण्ड अनुसार संचालन नभएको अवस्थामा प्रति बेड रु १ लाखका दरले रकम उपलब्ध गराउने पुस्तकमा उल्लेख छ। त्यस्तै जिल्लाको गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका , नौबहिनी गाउँपालिका, ऐरावति गाउँपालिका र मल्लरानी गाउँपालिकामा प्राथमिक अस्पताल स्थापना हुने पनि पुस्तकमा उल्लेख गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ मंसिर २०७६ देखि असोज २०७७ सम्मको गतिविधिहरुलाई समेटेर तयार पारेको प्रमुख उपलब्धिहरु नामक पुस्तकमा जिल्लाका ५ वटा गाउँपालिकामा प्राथमिक अस्पताल निर्माण भैरहेको बिषयलाई उल्लेख गरेको हो। प्राथमिक अस्पतालहरु बनाउनको लागि स्थानिय तहमा पहिलो चरणमा रु १ करोड बजेट समेत निकासा भैसकेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो।

सरकारको नितिगत निर्णय भएता पनि प्युठानलाई प्राथमिकतामा राखेर अस्पताल बनाउने गरि रकम नै निकासा गर्ने काम प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बिशेष पहल गर्नुभएको थियो।

 

अन्य धेरै जिल्लाहरुको स्थानिय तहहरुमा प्राथमिक अस्पताल बनाउने काम नहुँदा प्युठानका अधिकांश तहहरुमा रकम निकासा भै काम हुनु जिल्लाबासीको लागि खुसीको कुरा भएको नेपाल पत्रकार महासंघ प्युठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारी बताउनुहुन्छ। उहाँले जिल्लाबाट निति नियम अनुसार तदरुकता देखाउँने काम भएको र स्वास्थ्य मन्त्रालयमा पनि पहुँच भएकोले प्युठान प्राथमिकतामा परेको बताउनुभयो। पत्रकार भण्डारीले पहल गर्ने सबैलाई हार्दिक धन्यवाद दिनुपर्ने बताउनुभयो।
स्थानिय तहरुमा ५ बेडको अस्थायी अस्पताल स्थापना गर्ने मन्त्रालयको निर्णय अनुसार प्युठानका स्थानिय तहहरुमा स्थापना भएको समेत प्रमुख उपलब्धीहरु नामक पुस्तकमा उल्लेख गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल संग निकै राम्रो सम्बन्ध भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा जिल्लाको स्वास्थ्य क्षेत्रमा केहि सुधार ल्याउने काम हुनु निकै खुसीको कुरा भएको स्वास्थ्य क्षेत्रमा लामो समय कलम चलाएकी नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ कि उपाध्यक्ष दिपा घर्ती बताउनुहुन्छ। उहाँले यो समयमा जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सबै पक्ष एक जुट हुन आवश्यक रहेको बताउनुभयो।
प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि आफुहरु लागि परेको बताउनुभयो। ५० शैय्यामा स्तरउन्नती भएको जिल्ला अस्पतालको सेवा बिस्तारको लागि ६ जना बिशेषज्ञ डाक्टरहरु ल्याउनको लागि पनि बिशेष पहल भैरहेको र छिट्टै आउने बताउनुभयो। उहाँले प्युठान नगरपालिका भित्र रहेको जिल्ला अस्पताल देखि लिएर जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि आफुहरु लागि परेको बताउनुभयो।


जिल्लाको स्वास्थ्य क्षेत्र सुधारको लागि एउटा आइसियु सम्म नभएको जिल्लामा ५ वटा भेन्टिलेटर मेसिन पठाउनको लागि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयका नीति योजना विभाग प्रमुख प्युठानीका छोरा महेन्द्र प्रसाद श्रेष्ठ र थापालाई संगै राखेर मेसिन लिन काठ्माण्डौं गएका प्राथमिक स्वास्थ्य केन्द्र भिगृका चिकित्सक डाक्टर राजेन्द्र पौडेल, प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति ,प्युठान नगरपालिकाका प्रबक्ता लक्ष्मी प्रकाश राजभण्डारी, पत्रकार गिरु प्रसाद भण्डारी, अधिबक्ता भानुभक्त भट्टराईलाई हस्तान्तरण गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...