News Portal

रेडियो सुन्नुहोस्

जुम्रिमा महेश स्मृति प्रतिक्षालय निर्माण

सिखबर संवाददाता६ मंसिर, प्यूठान
१४७८ पटक
६ मंसिर, प्यूठान

प्युठान नगरपालिका वडा नं ३ पुष्पलाल चोक जुम्रीमा महेश स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । प्युठान नगरपालिका वडा नं ३ जुम्रीका स्वर्गीय विद्यार्थी नेता महेश वि.क.को स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको हो । यस क्षेत्रका स्थानीय तथा अनेरास्ववियू प्युठानको पहलमा आर्थिक संकलन गरी प्रतिक्षालय निर्माण गरिएको जनाईएको छ ।
नवनिर्मित प्रतिक्षालयको आज उद्घाटन गरिएको छ । समाजसेवी डाक्टर लेखराज सुवेदीले प्रतिक्षालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुवेदीले स्वर्गीय महेशको सम्झनामा यूवाहरुले आर्थिक श्रम र बौद्धिक क्षमता सम्झेर उनको योगदानलाई सम्झना स्वरुप प्रतिक्षालय निर्माण गरेकोमा खुसी व्यक्त गरे । यस क्षेत्रका होनाहार यूवालाई गुमाउनु परेको स्मृति गर्दै सुवेदीले यस्ता रचनात्मक कामले उनलाई सदैव सम्झिरहने बताए । प्रतिक्षालय निर्माणले यस क्षेत्रको फाईदासंगै यस क्षेत्रमा आवतजावत गर्ने नयाँ यात्रीहरुले पनि स्वर्गीय महेशको बारेमा जानकारी लिन सक्ने उनले बताए ।
स्वर्गीय महेशको सम्झनामा निर्माण गरिएको प्रतिक्षालयले प्युठान नगरपालिका भित्रका जनताहरुसंगै यस क्षेत्रमा आवत जावत गर्ने जुनसुकै स्थानका यात्रुलाई फाईदा पुग्ने महेश स्मृति प्रतिक्षालय निर्माण संरक्षक सुमन श्रेष्ठले बताए । यस क्षेत्रका यूवाहरुको सकृयतामा निर्माण भएको प्रतिक्षालयले स्वर्गीय महेशको मानमर्दनमा थप सहयोग पुग्ने समेत उनले बताए । स्थानीय र अनेरास्ववियूको पहलमा ८४ हजार ५ सय ५० रुपियाँ लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।
महेश स्मृति प्रतिक्षालयले अनेरास्ववियू प्युठानको पहिचान बोकेको अनेरास्ववियू प्युठानका सहसंयोजक पुस्कर शर्माले बताए । स्वर्गीय महेशको स्मृतिमा यसपूर्व पनि जिल्लामा विविध कार्यक्रम सञ्चालन भएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य, कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...