News Portal

रेडियो सुन्नुहोस्

७० वर्षिय फेतीदेवीका दु:ख- पती र घर गुमाएपछी १२ वर्षदेखी अरुका घरमा वास, खान वृद्धभत्ताको आस

हरि भण्डारी१२ पौष, प्यूठान
१३५९ पटक
१२ पौष, प्यूठान

फेतीदेवी कामिका पति शेर वहादुर कामिको १३ वर्षअघी मृत्यु भयो। पतिको मृत्युपछी भारतमा रहेका छोराहरु खोज्दै खेतीदेवी भारतसम्म पुगिन। तर, छोराहरु भेटिएनन्। नभेटिएपछी उनले जिवन जिउन गाँउमा वस्दै आएको झुप्रोमा फर्किने निधो गरिन्। तर, गाँउ फर्किदा आफु वस्दै आएको घरसमेत जलेर खरानी भएको थियो। त्यसपछी फेतीदेवीको अरुकै घरमा वास छ।

७० वर्ष लागेकी फेतीदेवीले २० वर्षको उमेरमा शेरवहादुर कामीसंग प्रेमविवाह गरेकी थिईन। उनिहरुवाट ४ सन्तान पनी भए। तर, आज साथमा कोही छैनन्। पतिवियोगपछी उनी एक दशकदेखी अरुकै घरमा वास मागेर वस्नुपरेको छ। “विहे गर्दापनी उनको(पतीको) केही सम्पत्ती थिएन। उमेरमा त जिवन जसोतसो चल्यो। मरुङवाट आएका उनको सम्पत्ती नभएका कारण सकुन्जेल त दुखसास्ति गरियो।” आफ्ना जिवनका उतारचढापुर्ण दुःखका कहानी सुनाउदै फेतीदेवीले भनिन्– “आईमाईको भाग्य थाहा हुँदैन भन्थे। गाँउका वाहुनले दिएको झुप्रोमा पनी आगो लाग्यो। ४ जना सन्तान कहाँ छन् थाहा छैन्। अरुको घरमा वास माग्दै खानका लागी भत्ता पर्खिनुपर्छ।”

फेतीदेवीले पहिले वस्ने घरपनी उनको आफ्नै भने होईन। गाँउकै एकजनाको घरमा वस्दै आएकी उनि भारतमा आफ्ना सन्तान खोज्न गएकावेला त्यही घरपनी वनमा लागेको आगोले जल्यो। जंगलछेउमै रहेको उनको घर जंगलमा लागेको आगो सल्किएर खरानी भएको हो।

आफ्नो नाममा कत्तिपनी जमिन नभएकी उनलाई अरुकै घरमा वास मागेर वस्न सजिलो भएन। यसकारण उनमा आफ्नै घरमा वस्ने सपना मृत भएन। यसकारण उनले आफ्नै माईती फुर्सी सुनारसंग घर वनाउने जग्गा मागिन। उनैले दिएको जग्गामा घर वनाउन अहिले खेतीदेवीले जग्गा खारेकी छिन्। ‘आउने कुनै वाटो छैन, गाँउपालीकाले ५० हजार दिने भनेको छ तर, त्यस्ले त के घर वन्लार !’

फेतीदेवीको नाममा जग्गा नभएकाले कागजपत्र मिल्न वाँकी रहेको र कागजपत्र मिलेपछी संघिय सरकार मार्फत आएको सुरक्षित नागरिक आवास कार्यक्रमवाट आउने रकम दिने सल्लाह गरिएको वर्डा नं ३ का वडाअध्यक्ष मिन वहादुर खत्रीले वताए।

फेतीदेवीले पतिको मृत्यु र घरमा आगलागी भएपछी धेरै दुख पाएको स्थानिय दुजमान सुनारले वताए। उनका अनुसार ७० वर्षिय खेतीदेवी कहिले कस्को त कहिले कस्को घरमा वास वस्छिन्। स्थानिय प्रमोद पोख्रेलले ५० हजारले घर नवन्ने र उनको सामाजिक सुरक्षा भत्तावाहेक अन्य आयश्रोत पनि केही नभएकाले अन्य सहयोग जुटेमा फेतीदेवीलाई सहज हुने सुनाए।

मागेको जग्गामा यौटामात्र खोठाको टिनले छाएको घर वनाउने योजना छ। काठ र ढुँगा टाढावाट ल्याउनुपर्ने भएकाले केही सहयोग जुटने आशा फेतीदेवीको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...