News Portal

रेडियो सुन्नुहोस्

प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन

बोमबहादुर परियार प्युठान, ८ माघ
१६४२ पटक
प्युठान, ८ माघ

जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालयको बजेटबाट अघिल्लो आर्थिक वर्षमा ल्याब सञ्चालनका लागि सामाग्रीहरु खरिद गरिएपनि चालु आर्थिक वर्षमा ल्याब टेक्निसियन नियुक्त गरी सेवा सुचारु गरिएको उहाँले बताउनुभयो ।
ल्याबबाट ब्लड सुगरको जाँच, किड्नी सम्बन्धी जाँच, कलेजो सम्बन्धि सम्पूर्ण जाँच, कोल्डस्ट्रोलको जाँच,बाथरोग सम्बन्धि जाँच, अल्सर सम्बन्धी जाँच, एच।आई।भी, मलेरीया, हेपटाईटीस, डेङ्गो लगाएतका जाँच हुने ल्याब टेक्निसियन विनोद के।सी।ले जानकारी दिनुभयो । सेवा सञ्चालन भएको एकहप्तासम्म निशुल्क ल्याब सेवा दिने र त्यसपश्चात न्युनतम शुल्क लिईने उहाँले बताउनुभयो । केन्द्रबाट ल्याब सेवा सञ्चालनले सेवाग्राहीलाई सहज हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
०५५ सालमा स्थापना भएको प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खंलगामा गत साउनदेखी डाक्टर सहितको सेवा समेत सुरु गरिएको छ । हाल केन्द्रबाट ओपिडी सेवा, पञ्चकर्म सेवा, ६० वर्ष देखी माथिका जेष्ठनागरिकलाई निशुल्क औषधी वितरण, ६ महिना सम्मका सुत्केरी आमाहरुलाई दुग्दवर्धक औषधी वितरण कार्यक्रम लगाएतका सेवाहरु दिईरहेको केन्द्रका बरिष्ठ कविराज निरीक्षक पोख्रेलले बताउनुभयो । केन्द्रमा दैनिक २०÷२५ जना बिरामीहरु सेवा दिन आउनेगरेका छन् । केन्द्रमा विशेष गरी जीर्ण रोगी, बाथ, युरिकेसिड, जण्डीस, पिसाब, पेट रोगका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...