News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रपति महिला उत्थान कार्यक्रम:गर्भवती र सुत्केरीका लागि भगवान

सुजाता थापा क्षेत्रीफागुन ५ प्यूठान
११४७ पटक
फागुन ५ प्यूठान

सरकारले भिभिआइपीको सवारीका लागि भन्दै हेलिकोप्टर किन्ने निर्णय गरेको थियो। तर, सरकारले निकै आलोचना खेप्नु परेको थियो। भिभिआइपी सवारीका निम्ति त्यो हेलिकोप्टर प्रयोग गर्ने र प्रयोगमा नआँउदा दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी अवस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या देखिए उद्धार गर्न प्रयोग गर्ने गरी खरिद गर्यो।

अहिले त्यही हेलिकोप्टर दुर्गम क्षेत्रका महिलालाई भगवान सरह भएको छ। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्न ६ पुस २०७५ मा ‘राष्ट्रपति महिला उत्थानु कार्यक्रम’ सुरु भएको हो। यो कार्यक्रम शुरु भएदेखि २०७७ पुस अन्तिमसम्म १७० जना सुत्केरीको हवाइ उद्धार गरिएको छ। धेरै आमा र शिशुले पुनःजीवन पाएका छन्। यो काम कति महत्वपूर्ण छ भन्ने सोलुखुम्बुको सोताङकी पुष्षकला राईलाई राम्रोसँग थाहा छ। “चार–पाँच दिन पेटमा सारो हुँदा डर लाग्यो। पानी बगेको थियो, दिसैदिसा बगेको थियो “, पुष्पकला भन्नुहुन्छ।

त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो। प्रसूति गृहका दक्ष चिकित्सकको सहयोगमा उहाले बच्चा जन्माउनु भयो। पुष्पकलाका श्रीमान परशुराम राई भन्नुहुन्छ, ‘‘त्यतिवेला लकडाउन थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यस्तो सेवा रहेछ। उहाँहरूले त्यसको व्यवस्था मिलाइदिनुभयो।” पुष्पकला छोरा बोकेर घर फर्किसक्नु भएको छ।

जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको पनि ज्यान जाने गरेको छ। तीन दशक अघि धेरै सुत्केरीको ज्यान जाने गर्थ्यो। सन् १९९१ मा नेपालमा एक लाख सुत्केरी हुँदा ८५० जना आमाको ज्यान जाने गरेको थियो। त्यसको २५ वर्षपछि सन् २०१६ मा सुत्केरीको मृत्यु हुने क्रम घट्यो। तैपनि अहिले एक लाख सुत्केरी हुँदा २३९ जना सुत्केरीले ज्यान गुमाउने गरेका छन्। सरकारले त्यसलाई सकेसम्म कममा झार्ने प्रयास गरिरहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...