News Portal

रेडियो सुन्नुहोस्

‘अत्यावस्यक सामाग्री अभाव हुन नदिन सरकार लागिरहेको छ’ : मन्त्री रिजाल

सिखबर संवाददाता११ जेठ, २०७८ / प्यूठान
१५८१ पटक
११ जेठ, २०७८ / प्यूठान

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले सरकारले जनताको उपचारका लागी अत्यावस्यक सामाग्रीको अभाव हुन नदिन विभिन्न योजनाहरु तय गरि कार्यन्वयन गरिरहेको वताउनु भएको छ। विभिन्न मुलुकवाट अनुदान तथा खरिद गरी सामाग्री आयातदेखी देशका विभिन्न स्थानहरुमा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडी वढिरहेको मन्त्री रिजालले वताउनु भयो।

जिल्ला अस्पत्ताल प्यूठानमा कोभिड संकट व्यवस्थापनको सम्वन्धमा जिल्लास्थित सरोकारवालाहरुसंग छलफल गर्दै उहाँले जिल्लामा अहिलेपनी अक्सिजन अभावका कारण विरामीकोे उपचार रोकिने अवस्था आउन नदिनका लागी सरकारले विभिन्न प्रयासहरु गरीरहेको वताउनु भयो। अघिल्लो मोर्चामा खटेर कोरोना महामारीविरुद्ध लडने स्वास्थ्यकमीहरु र सुरक्षाकर्मीहरुप्रती सम्मान गर्दै सरकारले महामारीविरुद्ध लड्न विभिन्न प्रयासहरु जारी राखेको वताउनु भयो। सोही क्रममा मन्त्री रिजाले जिल्ला अस्पत्तालमा रहेको भेन्टिलेटर सहितको एचडियुको निरिक्षण गर्नुभएको थियो।

जिल्लाका सरोकारवालाहरुसग कोराेना महामारी नियन्त्रण तथा रोकथाम वारे छलफल र आवश्यक निर्देशन दिनुहुदै मन्त्री रिजाल

प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जिल्लामा संक्रमणको रोकथाम र उपचारको निम्ति प्रदेश सरकार, संघिय सरकार र मन्त्रिको पहलको लागी धन्यवाद दिदै संयुक्त प्रयासवाट सवै काम संभव भएको वताउनु भयो।

नेकपा एमालेका अध्यक्ष तुल्शराम शर्माले महामारीमा सवै पक्ष एकतावद्ध भएर अगाडी वढनुपर्ने वताउनु भयाे। यस्तै जिल्ला अस्पत्ताल प्यूठानका मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नालले हालसम्म जिल्ला अस्पत्तालको आईसोलेसनमा ९९ जना संक्रमित भर्ना भएकोमा ६० जना कोरोना जितेर फर्किएको, ११ जना रिफर गरिएको, ११ जनाको मृत्यु भएको र १७ जना उपचाररत अवस्थामा रहेको वताउनु भयो।

प्यूठान अस्पतालमा कोभिड सक्रमितको उपचारको निम्ती तयार पारिएको HDU कक्षको निरिक्षण गर्नुहुदै मन्त्री रिजाल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...