News Portal

रेडियो सुन्नुहोस्

जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना घाइते

सुजाता थापा क्षत्री१३ साउन २०७८ /प्यूठान
८८० पटक
१३ साउन २०७८ /प्यूठान

गुल्मीमा जीप हुँदा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ७ जना घाइते भएका छन् ।

आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास जादै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटनास्थलमै ३ जनाको मृत्यु भएको हाे । साे दुर्घटनामा परेर मृत्यु हुनेहरुमा चन्द्रकोट गाउँपालिका वडानम्बर– ५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्कि, चन्द्रकोट–४ शान्तिपुर घर भएका हरेवामा होटल गरि बस्ने ४३ वर्षका तेजबहादुर खत्री र रेसुङ्गा नगरपालिका वडानम्बर–२ बाख्रेछेडा बस्ने ६२ वर्षकी सुनिता बिक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने ३ जना समान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा चन्द्रकोट–६ हरेवा बस्ने २० वर्षकी बिनिता परियार, चन्द्रकोट–८ मजुवा बस्ने ४५ वर्ष बमबहादुर बिक९(चालक) चन्द्रकोट–४ शान्तिपुर बस्ने ३९ वर्षका गगन क्षेत्री, चन्द्रकोट–८ मजुवा बस्ने ४५ वर्षका सुनिल बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयाे ।

उनिहरुको थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । समान्य घाइते ३ जना चन्द्रकोट–७ दमुका बस्ने २३ वर्षकी मुना भण्डारी, रेसुङ्गा नगरपालिका वडानम्बर–२ घर भएकी २३ वर्षकी रमिला भण्डारी र चन्द्रकोट–७ रूपाकोट बस्ने ३३ वर्षका गोकुल भण्डारी रहेका छन् ।

उनिहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको

थियाे ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...