News Portal

रेडियो सुन्नुहोस्

संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर

कमला गुरुङ१४ साउन २०७८ काठमाडाैँ
५८४ पटक
१४ साउन २०७८ काठमाडाैँ

बुधबार  देशभर मात्र ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित सिकिस्त अवस्थाका थिए।

 

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको पुष्टि गर्छ। आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या स्थिर देखिन्छ।

एक साताको तथ्यांक
साउन ६ – २८३८ संक्रमित, ६२७ आइसीयू र १७१ भेन्टिलेटर
साउन ७ – २७१४ संक्रमित, ६३५ आइसीयू र १७२ भेन्टिलेटर
साउन ८ – २९७७ संक्रमित, ६८२ आइसीयू र १७५ भेन्टिलेटर
साउन ९ – ३११४ संक्रमित, ६५० आइसीयू र १६५ भेन्टिलेटर
साउन १० – २२३७ संक्रमित, ६६६ आइसीयू र १६८ भेन्टिलेटर
साउन ११ – ३४२१ संक्रमित, ६६९ आइसीयू र १६६ भेन्टिलेटर
साउन १२ – ३८९९ संक्रमित, ६११ आइसीयू र १७१ भेन्टिलेटर
साउन १३ – ३ हजार ८४०, ६११ आइसीयू र १६८ भेन्टिलेटर

कोरोना संक्रमितको संख्या बढीरहँदा काठमाडौं उपत्यका पनि पुनः कोरोनाको जोखिममा फस्दै गएको छ। संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्याहरु पनि भरिदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडका लागि छुट्याइएको आइसीयू र भेन्टिलेटरमा भरिभराउ छ। अस्पतालले सिकिस्त बिरामीका लागि २४ आइसीयू, २२ वटा भेन्टिलेटर, कोभिड वार्ड ४०, स्पेशल क्याबिन १० शय्या छुट्याएको छ।

बुधबार दिउँसोसम्मको तथ्यांक अनुसार शुक्रराज अस्पतालमा २० जना आइसीयू, १७ जना भेन्टिलेटर, ३८ जना कोभिड वार्ड र स्पेशल क्याबिनमा ७ जना उपचाररत छन्।

बिरामीको संख्या र आवश्यकता अनुसार आइसीयूको संख्या २४ बाट २८ पु¥याउने तयारी गरिएको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए। हाल संक्रमितको संख्या बढ्दै गएको उनले बताए। यद्यपि शुक्रराज अस्पतालमा निषेधाज्ञा खुलेयता अस्पतालको शय्याहरु भरिभराउ नै थिए।

उनले भने, ‘यो अस्पतालमा त बिरामी घटेको छैन। आइरहेका नै छन्। निषेधाज्ञा खालेपछि पनि बिरामीहरु आउने जाने क्रम थियो। हाल हप्ता १० दिनदेखि बिरामीको संख्या बढ्न सुरु गरेको छ।’

निषेधाज्ञा खालेपछि अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड तथा चहलपहल बढेको कारण संक्रमण पुनः बढ्न थालेको उनी बताउँछन्। अव्यवस्थित भीडका कारण खोप केन्द्रबाट समेत धेरैजसो संक्रमित भएको हुन सक्ने उनले बताए। यही क्रममा संक्रमितको संख्या बढ्दै गए नेपाल तेस्रो लहरको भूमरीमा फस्ने उनले बताए।
‘संक्रमितहरु यसरी नै बढ्दै गयो भने तेस्रो लहर पनि नेपालमा आउँछ’ उनले भने।

 

त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा पनि सिकिस्त खालका बिरामीको संख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पतालमा १०५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३० जनालाई आइसीयू र  १० जनालाई भेन्टिलेटरमा राखिएको डा निरज बमले बताए।

कोभिडका लागि त्रिवि शिक्षण अस्पतालले भेन्टिलेटर सहित ३० आइसीयू र जेनरल वार्डका लागि ८० शय्या छुट्याएको छ। एक सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको उनको अनुभव छ।

संक्रमितको संख्या बढ्न थाल्नुलाई तेस्रो लहरको सुरुवात भएको डा बमले संकेत गरे। उनले भने, करिब एक सातादेखि संक्रमितको संख्या बढ्न थालेको छ। हाल दैनिक करिब २२ जना जति भर्ना हुने गरेका छन्। यो तेस्रो लहरको सुरुवात भएजस्तो लाग्छ।

डा बमका अनुसार संक्रमितको संख्या बढ्नुको केही मुख्य कारणहरु छन्।

पहिलो, सबैको पहुँचमा खोप नपुग्नु।

दोस्रो, जनस्वास्थ्यका मापदण्ड पालना नहुनु।

तेस्रो, लकडाउन खुलेपछि मानिसको चहलपहल र भीडभाड बढ्नु।

‘खोप लगाउन, पिसिआर परीक्षण गर्न कति धेरै भीड छ। त्यही माथि लकडाउनपछि मानिसहरुको धेरै भीडभाड बढ्यो। जनस्वास्थ्यका मापदण्ड पालना भएन। त्यही कारण यो समस्या आएको हो।’ उनले भने।

नेपाल एपीएफ अस्पताल
काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पताल कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमध्ये एक हो। यहाँ हाल १४५ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये १० आइसीयू र ५ जना भेन्टिलेटरमा रहेको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपालले बताए।

कोरोना संक्रमितको उपचारका लागि अस्पतालले २० आइसीयू र १२ भेन्टिलेटर सहित कुल २ सय शय्या छुट्याइएको छ। यो अस्पतालमा दैनिक करिब १० जना जति संक्रमित भर्ना हुने गरेका छन्। १० जना संक्रमित भर्ना हुँदा १ देखि २ जना संक्रमितलाई आइसीयू चाहिने गरेको उनले बताए।

नेपाल निजामति अस्पताल
नेपाल निजामति अस्पतालमा छुट्याएको २२ वटा हाइकेयर शय्या सबै भरिएका छन्। आइसीयूमा १२ र भेन्टिलेटरमा २ जना उपचाररत रहेको अस्पतालका सूचना अधिकारी डा सुमनबाबु मरहट्टाले बताए। कोभिडको उपचारका लागि अस्पतालले १४ आइसीयू, २२ हाइकेयर र ३ वटा भेन्टिलेटर छुट्याएको छ।

यहाँ पनि संक्रमितको संख्या बढ्न थालेको उनले बताए। उनले भने, ‘२/३ दिनदेखि संक्रमितरु बढ्न थालेको छ। आइसीयू र भेन्टिलेटरमा त पहिले पनि खाली थिएन। तर अहिले कोभिड वार्ड र इमरजेन्सीमा आउने पनि बढ्न थालेको छ।’

यो सहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा हाल १२० जना संक्रमित भर्ना भई उपचारमा छन्। जसमध्ये २५ जना आइसीयूमा रहेको अस्पतालले जनाएको छ। काठमाडौं उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा सरकारी अस्पतालमा १७१ आइसीयू र ६८ भेन्टिलेटरमा गरी २३९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

-स्वास्थ्य खवर

 

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...