News Portal

रेडियो सुन्नुहोस्

फर्मुला सिकाउने भन्दै विजय शाहिकाे ठगि धन्दा

शेरबहादुर थापा१५ साउन २०७८ सुर्खेत
१११७ पटक
१५ साउन २०७८ सुर्खेत

आफूलाई मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीसँग ‘स्मरण कला’ सिक्न सुर्खेतका एक सय ४० जना युवाले ५-५ हजार रूपैयाँ शुल्क तिरेको पाइएको छ । शाहीको क्षमता विवादित बनेपछि उनीहरू बिलखबन्दमा परेका छन् ।

कालीकोट महावै गाउँपालिका(५ का विजयले ‘शाही इन्ष्टिच्यूट अफ मेमोरी’ नामक कम्पनी दर्ता गरेर अफिससमेत खोलेका थिए । एकैछिनमा सिंगै किताब कन्ठस्त पार्ने फर्मुला सिकेर लोकसेवा आयोगमा नाम निकाल्ने सपना देखेका युवाहरू तोकिएको शुल्क तिर्न तयार भए । तर, उनीहरूको सपना सपनै भयो ।

शुल्क तिर्नेमध्येका एक वसन्त शर्मा आफूले गत माघमै पाँच हजार रूपैयाँ तिरेको बताउँछन् ।

‘उनले देशभरमै ख्याति पाइरहेको समयमा विश्वास लागेको थियो र उनीबाट स्मरण कला सिकेर लोकसेवामा नाम निकाल्ने सोच बनाएका थियौं,’ शर्माले भने, ‘सुर्खेतका मजस्तै एक सय चालिस जनाले विजयलाई पाँच हजारका दरले शुल्क तिरिसकेका छौं ।’

शर्माका अनुसार ९ घन्टाको कोर्सका लागि भनेर सो शुल्क लिइएको थियो । तर, एक दिन बोलाएर ३ घन्टासम्म पद्मासन गराइ फर्काइएको उनले बताए ।

‘तीन घन्टासम्म पद्मासन गर्दा जो(जो त्यसमा सफल हुन्छन्, उनीहरूलाई मात्रै फर्मुला सिकाउने भनेर अरुलाई यत्तिकै फर्काइयो,’ उनले भने, ‘मैले चाहिँ पद्मासन गरेर पनि फर्मुला सिक्न पाइनँ । केही साथीहरूले सिकेका छन्, तर त्यो काम नलागेको बताएका छन् ।’

वीरेन्द्रनगरमा अफिस खोलेर विजयले शुरूमा निःशुल्करूपमा आफूले सिकेको कला सिकाउने भन्दै मिडियामा प्रचार गरेका थिए । उनले गरेको प्रचारप्रसारले आफुहरूलाई लोभ्याएको अर्का युवा लोकबहादुर कार्कीले बताए ।

‘विश्वास लागेर पैसा दियौं । पछि उनीहरूसँग सम्पर्क गर्दा विभिन्न बहाना बनाएर पन्छाए । अहिले मोबाइल नै उठ्दैन,’ उनले भने ।

सुर्खेतमा शाहीको टिमले फर्मुला सिकाउनका लागि सात लाखभन्दा बढी रकम संकलन गरेका थिए । छिन्चुमा पनि चालिस जनाभन्दा बढीले शुल्क तिरेको बताइएको छ । शुल्क उठाउने काममा दैलेख घर भइ हाल सुर्खेतको तातापानीमा बस्दै आइरहेका ओम रेग्मी र पुष्कर शर्मा शाह संलग्न रहेको स्रोत बताउँछ ।

‘उहाँहरूले कर्णालीमा कम्तीमा पनि दुई सय युवालाई ठगी गरेको पाइएको छ । मैले रिर्पोट बनाउन जाँदा मलाई १४० जनाको लिष्ट देखाएका थिए,’ पत्रकार सन्तोष कठायत भन्छन्, ‘एक(दुई दिन उनीहरूलाई योगासन, ध्यान सिकाउने भनेर जम्मा गरिए पनि त्यसपछि उनीहरू नै सम्पर्कभन्दा बाहिर गएका छन् ।’

यस विषयमा प्रहरीमा भने कसैले पनि उजुरी गरेको छैन । पछिल्लोपटक आफूहरूलाई एक हप्ताभित्र पैसा फिर्ता दिने भनिएको शर्मा बताउँछन् ।

‘हामीलाई एक हप्ता समय दिनुस् भनेका छन्, आज पाँच दिन भयो । अब दुई दिन पर्खिन्छौं हेरौं दिन्छन् कि दिँदैनन्,’ उनले भने ।

प्रहरी भन्छ- उजुरी आए कारवाही
प्रहरीले अहिलेसम्म यो घटनालाई लिएर कुनै उजुरी नपरेकाले अनुसन्धान पनि नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले विजय शाहीले ठगी गरेको हल्ला सुने पनि अहिलेसम्म कसैबाट उजुरी नआएको जानकारी दिए ।

‘सामाजिक सञ्जालमा आएको कुरालाई कसरी आधार मान्नु र रु’ उनले भने, ‘यदि सञ्चारमाध्यममा समाचार आएको खण्डमा त्यो हाम्रो लागि अनुसन्धानको पाटो हुन्छ ।’

आफू पीडित बनेको भनेर कोही व्यक्ति आएको खण्डमा उसलाई न्याय दिइने घर्तिले बताए ।

‘हामीबाट हुन नसक्ने रहेछ भने सम्वन्धित निकायमा कारवाहीका लागि पठाउन सहयोग गर्छौं,’ उनले भने, ‘कसैलाई पनि यो वा त्यो बहानामा ठगी गर्न छुट छैन ।’

पैसा फिर्ता गर्ने दावी
लामो प्रयासपछि नेपाल प्रेसको सम्पर्कमा आएका विजय शाहीका टिमका ओम रेग्मीले एक सय ४० जनासँग शुल्क लिइएको स्वीकार गरे । उनीहरू सबैको पैसा फिर्ता दिने उनले प्रतिबद्धता जनाएका छन् ।

नेपाल प्रेससँग रेग्मीले भने, ‘दुई सय जना होइन, एक सय ४० जनाबाट मात्रै पैसा उठाएका हौं । त्यो माघमै हो ।’

पैसा तिरेकाहरूलाई छिन्चु लगेको तर उनीहरूले सिक्न नसकेको रेग्मीले बताए । सुर्खेतबाहेक अन्यत्रबाट पैसा नउठाएको उनको भनाइ छ ।

‘उहाँ अन्य जिल्लामा सेमिनारमा सहभागी हुन मात्र जानुहुन्थ्यो, अन्यत्र पैसा उठाएका छैनौं,’ रेग्मीले भने, ‘अब उठाएको सबै पैसा फिर्ता दिनेछौं ।’

विजयका गुरुको हाजिरीमा वडाध्यक्षले लगाए रातो
२०६७ तिर महावै गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा करारमा जागीर खाइरहेका दिपबहादुर शाही पनि विजयसँगै विवादमा मुछिएका छन् । उनैले विजयको मृत्यु भएको भनेर झूटो खबर सामाजिक सञ्जालमा फैलाएका थिए ।

पछिल्लो समय विजयसँगै घुमिरहेका शाही विद्यालयमा लगातार अनुपस्थित छन् । वडाअध्यक्षले नै उनको हाजिरीमा रातो लगाइदिएको बुझिएको छ । स्थानीय सर्जन शाहीका अनुसार वडाअध्यक्षले बारम्बार विद्यालयमा नियमित आउन भन्दा पनि शाहीले अटेर गर्ने गरेका छन् ।

‘उहाँले धेरै गलत काम गर्नु भएको छ, उहाँलाई अब कामबाट निकाल्नुपर्छ भनेर हामीले गाउँपालिका उपाध्यक्ष मनराज शाहीलाई भनेका छौं । उहाँले तत्काल एक्सन लिने बताउनु भएको छ,’ शाही भन्छन्, ‘उहाँले समग्र कालीकोट जिल्लाकै बेइज्जत गराउनु भएको छ ।’

उनले विजय शाहीका नातेदारसमेत पर्ने दीपबहादुरले विजयको मृत्यु भएको भनेर पोष्ट गर्नुको पछाडि ठूलो षड्यन्त्र रहेको दावी गरे ।

‘दुइ महिनाका लागि अहिले विजयसहित सातजनाको टोली जंगलतिर लागेको खबर पाएको छु,’ उनी भन्छन्, ‘यसबारेमा थप खोजविन गर्न आवश्यक देखिएको छ ।’

३ घन्टा पद्मासन गराएर फर्काए
वसन्त शर्मा

‘मैले पुष्कर रेग्मी भन्ने मान्छेलाई पैसा दिएको हो, गत माघमा । मलाई रसिद पनि दिएनन् ।

पहिले नौ घन्टा ट्रेनिङ दिने भनिएको थियो । एक दिन बोलाएर सबैलाई भित्र लगियो । त्यहाँ विजय शाहीसहित अरु मानिसहरू थिए । शुरूमा ३ घन्टा पद्मासन गर्नुपर्ने र त्यसमा पास हुनेहरूलाई फर्मुला सिकाउने भनियो । पद्मासन गर्नु नै ५० प्रतिशत सफलता हो भनेका थिए । पद्मासन गर्न नसक्नेहरूले फर्मुला पनि सिक्न नसक्ने उनीहरूले बताएका थिए ।

मैले चाहिँ ३ घन्टा पद्मासन गरेको थिएँ । तर, विभिन्न बहाना बनाएर मलाई अर्को राउन्डमा लगिएन । केही साथीहरूलाई अर्को राउन्डमा लगेर शुरूमा अंग्रेजी फर्मुला दिइयो । त्यसपछि तेस्रो राउन्डमा नेपाली फर्मुला दिइयो । तर, कोहीले पनि फर्मुला सिक्न नसकेको बताएका छन् ।

हामी विद्यार्थी मान्छेले यस्तो कुरामा विश्वास गर्नु हुन्थेन । तर, उनीहरूले पैसा लिइसकेपछि सिकाउनुपर्थ्यो । नत्र हाम्रो पैसा तुरुन्त फिर्ता गर्नुपर्थ्यो । हामी अहिले पनि पैसा फिर्ता मागिरहेका छौं । बरु वृद्धाश्रमलाई सहयोग गर्छौं, यत्तिकै खान दिइन्न । अब दुई दिन पर्खिने हो । त्यसपछि पनि पैसा फिर्ता नपाएमा प्रहरीमा जान्छौं ।’

 

-नेपालप्रेस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...