News Portal

रेडियो सुन्नुहोस्

२०७८को जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने

जनगणनामा कागज, इन्टरनेट र ट्यावलेट गरी तीन विधिको प्रयोग

झुलेनी नेटवर्क २०७८ भदौ २७, काठमाडौं
७२४ पटक
२०७८ भदौ २७, काठमाडौं

केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ तीन विधिको प्रयोग गरी १५ दिनभित्र सम्पन्न गर्ने जनाएको छ । पहिलो पटक विभागले काठमाडौं जिल्लामा पेपरलेस अर्थात स्मार्ट गणना शुरु गर्ने भएको छ ।

तथ्याङक विभागले घरदैलोमै पुगेर गणना गर्दा तीन विधि अपनाउने भएको विभागका तथ्याङक शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिनुभयो । देशका अन्य भाग इन्टरनेटको पहुँच नभएका क्षेत्रमा कागजबाट प्रश्न गरेर, विदेशमा रहेका कर्मचारीहरुको हकमा इन्टरनेटको सहयोगबाट (इसेन्सस) र काठमाडौं जिल्लामा ट्यावलेटको सहयोगमा सिधै विभागको सर्वरमा डाटा पुग्ने गरी गणना गरिने उहाँले बताउनुभयो । कात्तिक २५ गतेदेखि मंङ्सिर ९ गतेसम्म फिल्डमा पुगेर गणना सक्नेगरी मंगलबार नै विभागले कार्यतालिका सार्वजनिक गरेको छ ।

काठमाडौं जिल्लामा स्मार्ट गणना गर्नका लागि विभागले २२ सय वटा ट्यावलेट खरिद गरी सुपरभाइजर र गणकलाई दिने तयारी गरेको छ । कागजी फर्म विनै सिधै इन्टरनेटबाट विदेशस्थित कुटनीतिक कार्यालय लगायतको काम गर्ने र कर्मचारीको तथ्याङक लिइने भएको छ । यो विभागले गरेको पहिलो अभ्यास भएको बताइएको छ ।

सुपरभाइजरलाई भदौ २७ र २८ गते तालिम दिएर ३० गतेदेखि फिल्डमा खटाउने निर्णय गरेको छ । गणकलाई कात्तिक १३ देखि १६ गते सम्म तालिम दिएर २५ देखि मंसिर ९ गते सम्म फिल्डमा खटाएर देशैभर एकै पटक गणना सम्पन्न गर्ने केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो । तीन करोड जनसंख्याको गणना १५ दिनमा सक्नेगरी ३९ हजार गणक, आठ हजार सुपरिवेक्षक खटाउने उहाँले जानकारी दिनुभयो । गणकहरु ७० लाख परिवारमा एकै पटक पुग्नेछन् ।

प्रत्येक व्यक्तिको गणना गर्नुपर्ने र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्ने भएकाले काम चुनौतिपूर्ण रहेको विभागले जनाएको छ । सातवटै प्रदेशका जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम सम्पन्न गर्ने तयारी विभागको छ ।

गणकहरुलाई दुई डोज नै कोरोना विरुद्धको भ्याक्सिन लगाएर मात्र गणनामा पठाउने राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो । गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने समेत उहाँले बताउनुभयो ।

विभागले यसअघि तय गरेको समय जेठ २५ देखि असार ८ गतेसम्म भएपनि कोरोना महामारीकाकारण गणना हुन सकेको थिएन । केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको थियो । बिंसं १९६८ मा श्री ३ चन्द्र समशेर जबराको पालाबाट शुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक दश वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना हुन लागेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...